• २०८३ आश्विन १३, मंगलवार
  • 2026 September 29, Tuesday

कालीगण्डकीमा नदीको बाहवबढेको हेर्ने क्रममा ओढारचौरबाट लडेर एकस्थानीयको लडेर मृत्यु

  • २०८३ आश्विन १२, सोमबार

 

बागलुङ ।अविरल वर्षाले कालीगण्डकी नदीको बहाव उच्च रहेपछि हेर्ने क्रममा लडेर बागलुङमा एक जनाको मृत्यु भएको छ ।

कालीगण्डकीले पर्वतको जलजला स्थित फर्से गाउँ र बागलुङ नगरपालिका–४ ढोडेनीमा भईरहेको कटान हेर्ने क्रममा लडेर बागलुङनगरपालिका –४ ओढारचौरको ढिकबाट लडेर स्थानीय  ५५ वर्षीय चित्र गोतामेको आईतबार बेलुका मृत्यु भएको जिल्ला प्रहरीकार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक फडिन्द्र प्रसाईले जानकारी दिनुभयो ।

कालीगण्डकीमा बढेको बहावपछि भएको कटान हेर्न ढिकमा गएका गोतामे भीरबाट झण्डै १०० मिटर तल खस्दा घटनास्थलमै मृत्युभएको थियो।

  • २०८३ आश्विन १२, सोमबार