• २०८३ आश्विन २४, शनिबार
  • 2026 October 10, Saturday

मानव अधिकार तथा शान्ति समाज बागलुङको सभापतिमा नवराज नेपाली

  • २०८३ आश्विन २४, शनिबार

बागलुङ । मानव अधिकार तथा शान्ति समाज बागलुङको अध्यक्षमा नवराज नेपाली चयन हुनुभएको छ ।

शनिबार बागलुङमा भएको जिल्ला शाखाको साधारणसभाबाट सभापतिमा नेपाली चयन हुनुभएको हो । उपसभापतिमा हुमा रिजाल, सचिवमा अस्मिता गौतम, सहसचिवमा ईश्वर ठाकुर गौतम र कोषाध्यक्षमा रमेश पौडेल चयन हुनुभएको छ ।

त्यस्तै, सदस्यहरूमा रिता कुमारी खड्का, राजेन्द्र आचार्य, गोविन्द शर्मा, नन्दकुमारी ठकुरी , रेशम श्रीष र यशोधा शर्मा सदस्य चयन भएको निर्र्वाचन अधिकृत प्रकास बरालले जानकारी दिनुभयो ।

मानव अधिकारको संरक्षण, शान्ति स्थापना तथा सामाजिक न्यायका क्षेत्रमा क्रियाशील मानव अधिकार तथा शान्ति समाजले नागरिक अधिकार, लोकतन्त्र र अहिंसाको प्रवद्र्धनका लागि काम गर्दै आएको छ ।

  • २०८३ आश्विन २४, शनिबार