• २०८३ आश्विन १७, शनिबार
  • 2026 October 03, Saturday

अन्तर्राष्ट्रिय बागलुङ समाज कप : क्वाटर फाईनल चरण पुरा

  • २०८२ आश्विन ३१, शुक्रबार

बागलुङ।  बागलुङमा जारी ‘अन्तर्राष्ट्रिय बागलुङ समाज कप’ पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको क्वाटर फाइनल चरण पूरा भएको छ । आज भएको खेलमा बरेङ गाउँपालिकालाई पराजित गर्दै ढोरपाटन नगरपालिकाले सेमिफाइनल यात्रा तय गरेको हो । जैमिनी नगरपालिकासँगको खेलमा जित निकाल्दै निसीखोला सेमिफाइनल पुग्यो । ताराखोला गाउँपालिकालाई गलकोट नगरपालिकाले पराजित ग¥यो । यस्तै बागलुङ नगरपालिकाविरुद्ध जित हासिल गर्दै काठेखोला गाउँपालिका सेमिफाइनमा पुगेको हो ।

शनिबार हुने पहिलो सेमिफाइनल खेल ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकाबीच हुनेछ । गलकोट नगरपालिका र काठेखोला गाउँपालिका दोस्रो सेमिफाइनलमा आमनसामने हुनेछन् । सेमिफाइनल खेल शनिबार बिहान ७ बजेदेखि सुरु हुने छ । व्यवस्थापक जिल्ला भलिबल सङ्घका उपाध्यक्ष किशोर थापाका अनुसार फाइनल खेल दिउँसो २ बजेपछि सुरु हुनेछ ।

गत बुधबारदेखि सुरु भएको प्रतियोगितामा जिल्लाका दसवटै पालिकाका भलिबल टिमको सहभागिता छ । अन्तर्राष्ट्रिय बागलुङ समाजद्वारा आयोजित यस प्रतियोगिताको विजेता टिमले ट्रफी र मेडलसहित रु. दुई लाख, उपविजेताले रु. एक लाख, तेस्रो स्थान हासिल गर्ने टिमले रु. ५० हजार र सान्त्वना हुने टिमले रु. २५ हजार पुरस्कार पाउनेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई रु. दस हजार, उत्कृष्ट टिम प्रशिक्षकलाई रु. पाँच हजार र अन्य विधागत रुपमा उत्कृष्ट हुने खेलाडीलाई रु. पाँच हजार प्रदान गरिने समाजका सचिव एवं प्रतियोगिताका संयोजक राजु थापाले बताउनुभयो ।

  • २०८२ आश्विन ३१, शुक्रबार