बार्सिलोना, स्पेन । पर्वत समाज स्पेनको अध्यक्षमा सुन्दर गुरुङ निर्वाचित हुनु भएको छ । अधिवेशनले गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।
समाजको उपाध्यक्षमा अन्जु तिमिल्सिना अधिकारी र शिवप्रसाद पौडेल निर्वाचित हुनु भएको छ । त्यसैगरी, महासचिवमा सायल लामिछाने निर्वाचित हुनु भएको छ । सचिवमा समि गुरुङ, मनोज गुरुङ र झलक भण्डारी निर्वाचित हुनु भएको छ ।
समाजको कोषाध्यक्षमा अशोक गुरुङ र सह–कोषाध्यक्षमा राजेश रखाल निर्वाचित हुनु भएको छ । सदस्यमा शंकर गिरी, राजेन्द्र तिमिल्सिना, प्रकाश पुरी, लेख पुन, प्रेम गुरुङ, प्रदीप पौडेल, अभिषेक भुसाल, अभिषेक रेग्मी, निसान कुम्बर, सिला पाण्डे, दिपेन्द्र भुसाल र दिवस शर्मा चयन हुनु भएको छ ।
समाजको नव निर्वाचित कार्यसमितिलाई गैरआवासीय नेपाली संघ स्पेनले विज्ञप्ती जारी गर्दै बधाई तथा शुभकामना व्यक्त गरेको छ । समाजको कार्यसमिति सफल, प्रभावकारी, पारदर्शी र एकताबद्ध हुने विश्वास व्यक्त गर्दै शुभकामना व्यक्त गरेको हो ।
