• २०८३ आश्विन १७, शनिबार
  • 2026 October 03, Saturday

दुर्घटनामा ज्यान गुमाएका बिद्यार्थीको स्मृतिमा विद्यालयमा श्रद्धाञ्जली सभा

बागलुङ । माघ २९ गते भएको स्कुल बस दुर्घटनामा ज्यान गुमाएका आफ्ना दुुई बिधार्थीको स्मृतिमा न्यु एभरेष्ट ऐकेडमी बागलुङले विद्यालय परिसरमा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ ।

श्रद्धाञ्जली सभामा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले मृतक दुई बाबुहरुप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै शोकलाई शक्तिमा बदलेर अगाडि बढ्नुपर्ने बताउनु भएको छ ।
दुःखद दुर्घटनाबाट मृतकका घरपरिवार, बिद्यालय परिवार र आफन्तजनलाई अपुरणीय क्षति पुगेको भन्दै उपप्रमुख खड्काले परिवारप्रति सहानुभुती र गहिरो समवेदना ब्यक्त गर्नु भयो । उहाँले घाईते विद्यार्थीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो ।

खुशी मन बागलुङका अध्यक्ष तथा मनोविमर्शदाता नारायण आचार्यले स्कुल बस दुर्घटनाबाट भएको मानविय क्षतिले सवैलाई दुःखी र स्तब्ध बनाएको बताउदै अब मानसिक रुपमा स्वस्थ हुनेगरी अगाडि बढ्न सवैलाई अनुरोध गर्नुभयो ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिनारायण गौतम र प्रिन्सिपल कृष्ण बहादुर अधिकारीले स्कुल बस दुर्घटनाबाट भएको क्षतिले बाबुनानीहरुको अभिभावक, आफन्त र विद्यालय परिवार शोकमा डुबेको र विद्यालयलाई अपुुरणीय क्षति भएको बताउदै मृतक बाबुहरुप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा गहिरो समवेदना अर्पण गर्नु भएको थियो । घाईते विद्यार्थीको शिघ्र स्वास्थय लाभको कामना गर्दै यस दुःखद अवस्थामा बिद्यालय परिवारलाई साथ दिने, सहयोग गर्ने र समवेदना ब्यक्त गर्नुुहुने सवैप्रति आभार ब्यक्त गर्नुभयो ।

बिद्यालयका सहप्रिन्सिपल प्रवेश मुखिया, शिक्षक माधव चापागाई, राधा खत्री लगायतका शिक्षक शिक्षिकाहरु र विद्यार्थीहरुले मृतकप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै शोकको घडीमा धैर्यधारणा गर्ने शक्ति प्राप्त होस भन्दै प्राथना गर्नु भएको थियो । उहाँहरुले स्वर्गिय बिद्यार्थीको आत्माको चीरशान्तिको कामना गर्नुभयो । सभाका सहभागिले दिवंगत विद्यार्थीहरुको तस्वीरमा माल्यार्पण सहित पुष्पगुच्छा अर्पण गरेका थिए ।

स्कुल बस दुर्घटनामा २ बिधार्थीहरु कक्षा ८ का अमन बोहोरा र कक्षा ४ का सुजल छन्त्यालको निधन भएको थियो । घाईते मध्ये दुई जना विद्यार्थीको हाल पोखरामा उपचार भइरहेको बिधालयले जनाएकोे छ ।