• २०८३ मंसिर २, मंगलवार
  • 2026 November 17, Tuesday

बागलुङमा शान्तिपूर्ण ढंगबाट मतदान शुरु

  • २०८२ फाल्गुन २१, बिहीबार

बागलुङ । बागलुङमा शान्तिपूर्ण रुपमा मतदान शुरु भएको छ । दुई निर्वाचन क्षेत्र रहेको बागलुङ जिल्लामा १०७ मतदानस्थल र २३० मतदान केन्द्र एकसाथ बिहान सात बजेबाटै मतदान प्रकृया शुरु भएको मुख्य निर्वाचन अधिकृत बागलुङको कार्यालयका मुख्य निर्वाचन अधिकृत सिता शर्मा अधिकारीले जानकारी दिनुभयो ।

बागलुङका सबैमतदानस्थलमा शान्तिपूर्ण ढंगले समयमै मतदानको काम शुरु भएको हो । बागलुङ क्षेत्र नम्बर एकका एमाले उम्मेदवार हिरा बहादुर केसीले काठेखोला गाउँपालिका–३ स्थित लक्ष्मी मतदान केन्द्र र रास्वपाका उम्मेदवार शुसिल खड्काले बागलुङ नगरपालिका–३ कालिका कन्या मन्दिरमा मतहालेर प्रकृया शुरु गर्नुभएको थियो ।

बागलुङमा अपाङ्ग र फरक क्षमता भएका मतदातालाई लाइनमा बस्न नपर्ने र मतदानस्थलमा समेत छुट्टै बस्न मिल्ने डेस्क तथा बेन्चको व्यवस्था मिलाइएको छ । प्रतिनिधिसभा निर्वाचनका लागि कुल एक लाख ९३ हजार ३८१ जना मतदाता रहेकाछन् भने ९४ हजार ८०६ पुरुष र ९८ हजार ५७४ महिला मतदाता रहेका छन् ।

निर्वाचनमा बागलुङमा कर्मचारी, प्रहरी र निर्वाचन प्रहरी गरी चार हजार जनशक्ति परिचालन भएका छन् । उनिहदुई निर्वाचन क्षेत्र रहेको बागलुङमा २३ उम्मेदवार चुनावी मैदानमा छन् ।

 

  • २०८२ फाल्गुन २१, बिहीबार