बागलुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जैमिनी नगरपालिका वडा नं. ५ बिनामारेको प्रथम वडा अधिवेशन शनिवार सम्पन्न भएको छ । अधिवेशनले रमण आचार्य सभापति, कृष्ण बहादुर सुनार उप–सभापति, तिर्थराज आचार्य सचिव, झलक आचार्य सह–सचिव, पार्वती आचार्य कोषाध्यक्ष र टंक थापा सह–कोषाध्यक्षमा चयन हुनु भएको छ ।
समितिका सदस्यहरुमा रोम बहादुर थापा, रमेश शर्मा, सरस्वती सुनार, प्रदिप पौडेल, शिशिर श्रेष्ठ र तोयनाथ पाण्डे चयन हुनु भएको छ ।
अधिवेशनले जयराम आचार्यको संयोजकत्वमा याम बहादुर थापा, शोभाखर पन्त पाध्या, दिल बहादुर पाण्डे र गोविन्द पाण्डे सदस्य रहेको सल्लाहकार समिति चयन गरेको छ ।
वडा अधिवेशनमा रास्वपाका जिल्ला कोषाध्यक्ष डुक मल्ल, क्षेत्रीय सभापति बालकृष्ण शर्मा, निर्वाचन क्षेत्रीय समिति सदस्य पुष्पा आचार्य लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।