• २०८३ मंसिर ३, बुधबार
  • 2026 November 18, Wednesday

बडिगाडमा चट्याङ लागेर एकको मृत्यु

  • २०८३ बैशाख २१, सोमबार

बागलुङ । चट्याङले लाग्दा बागलुङको बडीगाड गाउँपालिकामा एक जनाको मृत्यु भएको छ ।
बडिगाड गाउँपालिका–१, सिरानका ४८ वर्षीय रुमबहादुर भुजेलको चट्याङ लागेर ज्यान गएको वडाध्यक्ष बोमबहादुर थापाले जानकारी दिनुभयो ।

थापाका अनुसार भुजेलको आइतबार राती घरमै चट्याङ लागेर ज्यान गएको हो । पछिल्लो समय लगातर भइरहेको वर्षासँगै परेको चट्याङले बडिगाड क्षेत्रका दर्जनबढी घरमा क्षति समेत पुगेको थापाको भनाई छ ।

बडिगाड गाउँपालिका वडा नं.१ का अधिकांश घरका ससाना विद्युतीय उपकरणमा क्षति पुगेको वडाध्यक्ष थापाले जानकारी दिनुभयो । मृतकको शव पोस्टमार्टमका लागि इलाका प्रहरी कार्यालय हरिचौर लगिएको छ । चट्याङले बडिगाड क्षेत्रका अधिकांश घरको इन्टरनेट राउटर, बल्ब, चार्जर लगायतका साना उपकरणमा क्षति पुगेको छ ।

  • २०८३ बैशाख २१, सोमबार