बागलुङ । बागलुङको तमानखोला गाउँपालिकाले गाउँपालिकामा कार्यरत स्वास्थ्य कर्मचारीको निधनपछि शुक्रबार शोक बिदा दिएको छ ।
गाउँपालिकामा कार्यरत वरिष्ठ अनमी. इन्द्रा कुमारी बुढाको उपचारका क्रममा वैशाख २२ गते असामयिक निधन भएपछि गाउँपालिका परिवार शोकमा परेको जनाएको छ ।
गाउँपालिकाले मृतक बुढाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।
गाउँपालिकाले उहाँले सेवा प्रवाहमा पु¥याएको योगदानको उच्च कदर गर्दै शुक्रबार गाउँपालिका कार्यालय, वडा कार्यालय तथा सम्पूर्ण स्वास्थ्य संस्था (अत्यावश्यक सेवा बाहेक) मा शोक बिदा दिएको जनाएको छ ।
गाउँपालिका अध्यक्ष जोकलाल बुढाद्वारा जारी सूचनामा शोक बिदाका कारण सेवाग्राहीमा पर्न गएको असुविधाप्रति क्षमायाचना समेत गरिएको छ ।