• २०८३ मंसिर २, मंगलवार
  • 2026 November 17, Tuesday

लायन्स क्लब अफ बागलुङ टाइगरको अध्यक्षमा दिपक शर्मा

  • २०८३ बैशाख २७, आईतवार

बागलुङ । लायन्स क्लब अफ बागलुङ टाइगरटिमको अध्यक्षमा दिपक शर्मा चयन हुनुभएको छ । लायन्स क्बल अफ इन्टरनेशनल अन्तर्गत डिष्ट्रिक्टस ३२५ जे नेपालमा आबद्ध लायन्स क्लब अफ बागलुङ टाइगरको लायन वर्ष २०२६/२७ का लागि नयाँ नेतृत्व चयन गरिएको हो । शुक्रबार सम्पन्न निर्वाचन कार्यक्रमबाट अध्यक्षमा लायन दीपक शर्माको नेतृत्वमा सर्वसम्बत नेतृत्व चयन भएको छ ।

त्यसैगरी प्रथम उपाध्यक्षमा लायन प्रकाश राना, सचिवमा लायन ज्ञानु कुँवर तथा कोषाध्यक्षमा लायन महाश्रम शर्मा निर्विरोध चयन हुनुभएको क्लबले जनाएको छ ।

क्लबका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा लायन प्रेमप्रसाद ढकालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा जोन चेयरपर्सन तथा टाइगर टिमका चार्टर्ड प्रेसिडेन्टले नव–निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन सचिव लायन लालबहादुर रेग्मीले गर्नुभएको थियो । वर्तमान अध्यक्ष लायन प्रेमप्रसाद ढकालले नव–निर्वाचित नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सामाजिक सेवाका गतिविधिलाई अझ प्रभावकारी रूपमा अघि बढाउने विश्वास व्यक्त गर्नुभयो ।

  • २०८३ बैशाख २७, आईतवार