बागलुङ । जिल्लाको काठेखोला गाउँपालिका–१ भिममा चट्याङ लाग्दा दुई जना घाइते भएका छन् ।
बुधबार साँझ करिब ५ः३० बजे घर नजिकै रहेको गोठमा बसिरहेका बेला अचानक परेको चट्याङबाट घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ ।
घाइते हुनेमा २६ वर्षीय अनिल थापा र ७० वर्षीया रजि थापा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी प्रहरी निरीक्षक याम नारायण अर्यालका अनुसार अनिल थापाको नाक, घाँटी र छातीमा चोट लागेको छ भने उनको अवस्था गम्भीर रहेको छ । उहाँलाई थप उपचारका लागि राति ११ बजेनैे गण्डकी अस्पताल पोखरा रिफर गरिएको छ ।
त्यस्तै रजि थापाको टाउकोमा सामान्य चोट लागेको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उहाँको धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा उपचार भइरहेको छ । घटनामा अन्य कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।
