• २०८३ मंसिर ३, बुधबार
  • 2026 November 18, Wednesday

मेची–महाकाली उद्दार अभियान : बागलुङमा चार सडक मानवको उद्दार

  • २०८३ जेष्ठ १४, बिहीबार

बागलुङ । मानव सेवा आश्रमको मेची–महाकाली उद्दार अभियान अन्र्तगत बागलुङबाट चार सडक मानवको उद्दार गरिएको छ ।

जेठ महिनाको चर्को घाम, सडकको पीडा र बेवारिसे जीवनसँग संघर्ष गरिरहेका सहयोगापेक्षी सडक मानवहरूको साहरा बनेको मेची–महाकाली राष्ट्रिय उद्धार यात्रामार्फत चार जनाको उद्दार गरिएको हो । उद्दार टोलीले बागलुङका विभिन्न स्थानबाट ४ जना बेवारिसे पुरुषको उद्दार गरिएको बागलुङ शाखा संयोजक विपना तामाङले जानकारी दिनुभयो ।

सडकपेटी र सार्वजनिक स्थलमा कष्टपूर्ण जीवन बिताइरहेका मानवहरूलाई उद्दारपछि प्रारम्भिक स्वास्थ्य परीक्षण गराई मानवसेवा आश्रम बागलुङ शाखाको संरक्षणमा राखिएको छ ।

बैशाख २७ गतेदेखि सुरु भएको राष्ट्रिय उद्दार अभियान देशका विभिन्न जिल्लामा पुगेर सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्दार गर्दै मानवता समेत प्रवद्र्धन समेत गरिरहेको छ । हालसम्म यात्रामार्फत १ सय ३१ जनाको उद्दार भइसकेको मानवसेवा आश्रमले जानकारी दिएको छ । उद्दार गरिएकामध्ये २४ जना महिला र १०७ जना पुरुष रहेका छन् ।

मानवतामाथिको भरोसा जगाउँदै अघि बढिरहेको यो यात्रा अहिले गण्डकीका विभिन्न जिल्लामा केन्द्रित बनेको छ । मानवसेवा आश्रम र आनी छोइङ ड्रोल्मा फाउन्डेसनको सहकार्यमा सञ्चालन भएको उद्दार यात्रा जेठ २२ गतेसम्म जारी रहनेछ ।

  • २०८३ जेष्ठ १४, बिहीबार