• २०८३ मंसिर ३, बुधबार
  • 2026 November 18, Wednesday

मजदुर मृत फेला, हत्याको आशंका

  • २०८३ जेष्ठ १८, सोमबार

 

बागलुङ । बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीको हाँडीकोटमा पदमार्ग निर्माणमा खटिएका मजदुर मृत फेला परेका छन् ।
हाँडीकोटमा रहेको भ्यूटावर पुग्ने पदमार्ग बनाउन कास्कीबाट आएका ६० बर्षीय देव बहादुर नेपाली आज मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख फरिन्द्र प्रसाईले बताउनुभयो ।

अनुसन्धानका लागि प्रहरी प्रमुख प्रसाईनै घटनास्थलमा पुुग्नुभएको छ । संगै काम गर्न आएका नेपालीकै साथी समुहले हत्या गरेको हुन सक्ने जैमिनी नगरपालिका–१० का वडा अध्यक्ष श्रीप्रसाद थापाले बताउनुभयो ।

नेपालीको हत्या गरेको आशंकामा ३ जनालाई स्थानीयले नियन्त्रणमा समेत लिएका छन् । प्रहरी प्रमुख घटनाको अनुसन्धानका लागि घटनास्थलमा पुग्नुभएको छ ।

  • २०८३ जेष्ठ १८, सोमबार