• २०८३ मंसिर ३, बुधबार
  • 2026 November 18, Wednesday

सिद्धार्थका अभिभावकलाई उत्प्रेरणात्मक प्रशिक्षण

  • २०८३ जेष्ठ १९, मंगलवार

बागलुङ । बागलुङ बजारको सिद्दार्थ शिक्षा सदन आवसीय विद्यालयका अभिभावकलाई उत्प्रेरणात्मक प्रशिक्षण दिइएको छ ।

असल अभिभावक भएमा विद्यार्थी असल बन्न सक्ने भन्दै उत्प्रेरणात्मक शिक्षा दिइएको सिद्धार्थ शिक्षा सदनले जनाएको छ । बालबालिकामा बौद्विक ज्ञान कसरी दिने, अभिभावकको कामबाट कसरी बालबालिकाले सिक्ने ? शिक्षा के हो र के का लागि शिक्षा लिने, शिक्षाले मानिसमा पार्ने प्रभाव, बालबालिकामा पर्ने मोबाईल लतबाट कसरी छुटकारा पाउने लगायतको विषयमा अभिभावकलाई प्रशिक्षण संगै एसईईमा उत्कृष्ट नतिजा ल्याउने १७ विद्यार्थीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय स्तरमा ख्यातीप्राप्त मनोवैज्ञानिक परामर्शकर्ता तथा प्रशिक्षक डाक्टर रविन कटुवालले सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा उहाँले सफल जीवनका सुत्र, संसारका उत्कृष्ट व्यक्तिको जीवनीसहित ज्ञान र विवेक एकसाथ कसरी जीवनमा लागू गर्ने भन्ने जस्ता विषयमा अनुशिक्षण समेत गराउनु भएको थियो । शिक्षालेनै मानिसका अन्य आवश्यकता अप्रत्यक्ष रुपमा पुरा गर्न सकिने उहाँको जोड थियो ।

कार्यक्रममा शिक्षा बिकास तथा समन्वय एकाई प्रमुख प्रकाशवन्धु अर्याल, नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेल र एसइईमा ४ जिपिए सहित उर्तिण विद्यार्थी सिमरन सुवेदीले लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

सो अवसरमा एसइईमा उर्तिणहुने विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई सम्मान गरिएको थियो । विद्यालयबाट एसइई दिएका १७ जना बिद्यार्थी मध्य ४ जना ४ जिपिए सहित सतप्रतिसत उर्तिण भएका थिए ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका सदस्य हिराबहादुर थापाको अध्यक्षता, प्रिन्सीपल गणेश कार्कीको स्वागत र पत्रकार ताराप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो । बागलुङ नगरपालिका–२ स्थित वेस्टवन व्याङकेटमा भएको कार्यक्रममा ३ सय बढी अभिभावक तथा केही विद्यार्थी समेत सहभागि भएका थिए ।

डाक्टर कटुवालले सोमबार विद्यालयमा विद्यार्थीलाई पनि समुहमा अनुशिक्षण र उत्प्रेरणात्मक प्रशिक्षण दिनु भएको थियो ।

  • २०८३ जेष्ठ १९, मंगलवार