परिचय
विक्रम सम्वत् २०७२ को नीति अनुसार युवा अवस्था भनेको १६ देखि ४० वर्षसम्मको अवस्थालाई युवा अवस्था भनिन्छ। तर हालको सर्वेक्षण अनुसार १८ देखि ३५ वर्षसम्मको उमेरलाई युवा अवस्था भनिन्छ। युवा जनशक्तिलाई देशको महत्वपूर्ण मेरुदण्डको रुपमा हेर्दै आइरहेको छ। यस बावजुद विभिन्न आर्थिक राजनीतिक सामाजिक अवस्थाको कारणले गर्दा हालको दिनलाई युवा बेरोजगारी हुनु त्यसको प्रभाव केवल व्यक्तिमा मात्र सीमित हुँदैन सम्पूर्ण समाज अर्थतन्त्र र राष्ट्रको विकासमा प्रक्रियामा समेत गम्भीर असर गर्दछ। युवा बेरोजगारी भन्नाले काम गर्न सक्ने उमेर र क्षमता भएको युवाले आफ्नो योग्यता सीप र क्षमता अनुसार रोजगारी नपाउनु हो। नेपालको सन्दर्भमा यस समस्या झन् गम्भीर बन्दै गइरहेको छ। हाम्रो जस्तो विकास उन्मुख मुलुकहरूको लागि अत्यन्त जटिल सामाजिक समस्या बनेको छ ।
नेपालका ग्रामीण तथा अर्ध सहरी क्षेत्रमा जस्तै पर्वत जिल्लाको फलेवास नगरपालिकामा पनि युवा बेरोजगारी एक गम्भीर सामाजिक आर्थिक समस्या बनेको छ । शिक्षित युवाहरूको सङ्ख्या बढ्दै जाँदा रोजगारीको अवस्था सीमित हुनु वैदेशिक रोजगारप्रति आकर्षण बढ्नु र स्थानीय स्रोतसाधनको प्रयोग उपयोग नहुनु यसको प्रमुख कारणहरु हुन् । ऋभलतचब िद्यगचभबग या कतबतष्कतष्अक ९ऋद्यक्० को पछिल्लो तथ्याङ्क अनुसार नेपालमा युवा बेरोजगारी दर करिब १८ देखि २०५को आसपासमा रहेको अनुमान छ । ग्रामीण क्षेत्रमा विशेष गरी गण्डकी प्रदेशको फलेवास नगरपालिकामा हाल १० देखि १२ हजार युवाहरू रहेको अवस्थामा स्थानीय तहको औपचारिक अनुमान अनुसार करिब ५०५ भन्दा बढी युवा वैदेशिक रोजगारीमा निर्भर छन् र त्यसमध्ये करिब दुई तिन हजार युवा बेरोजगारी अर्ध बेरोजगारी छन् ।
फलेवास नगरपालिकाका युवा बेरोजगारीका प्रमुख कारणहरू स्थानीय सरकार वा स्थानीय प्रतिनिधिको भनाइ अनुसार शिक्षा प्रणालीले स्थानीय वा बजारमा आवश्यक व्यावसायिक सम्बन्धी ज्ञान उपलब्ध गराउन नसक्दा त्यसको प्रत्यक्ष प्रभाव युवा अवस्थामा परेको छ। युवाहरूलाई स्थानीय आवश्यकता अनुसार उनीहरुलाई सिपको सम्बन्धी विभिन्न तालिम परामर्श जस्ता कार्यक्रमहरूको अभाव भएको कारणले गर्दा पनि उनीहरुले स्थानीय स्रोत र साधनको भरपुर प्रयोग गर्न असक्षम हुँदा त्यसको प्रत्यक्ष असर युवा वर्गलाई देखिएको छ।
फलोवास नगरपालिका क्षेत्रमा साना तथा मजौला उद्योगहरू सिमित मात्रामा भएको कारणले गर्दा रोजगारीको सिर्जना गर्न सकिएको छैन।
यस नगरपालिकामा पर्याप्त रोजगारीको अभाव र स्थानीय स्रोतसाधनको भरपुर प्रयोग गर्न नसक्दा यस ठाउँका युवाहरू छिटो आम्दानीको आशामा विदेशतर्फ पलायन भएको पाइन्छ। र यस ठाउँमा प्रदेशदेखि स्थानीय प्रतिनिधिहरुले यस विषयमा कम चासो देखाएको कारणले गर्दा पनि समस्या उत्पन्न भएको पाइन्छ परम्परागत कृषि प्रणालीलाई आधुनिक बनाउँदा नसक्दा युवाहरू कृषिमा आकर्षित नभएको पाइन्छ। यसको प्रमुख कारण कृषकलाई प्राप्त मात्रामा कृषि सम्बन्धी ज्ञान सिपमूल तालिम र उन्नत बिउविजनको कमीले गर्दा पनि यस ठाउँका युवाहरू कृषिसम्बन्धी कम आकर्षित भएको पाइन्छ। पर्वत जिल्लाको फलेवास नगरपालिका उद्योग स्थापना गर्न आवश्यक पुँजी सडक बजार र प्रविधिको अभावको कारणले गर्दा युवा जनशक्तिलाई उनीहरूको क्षमता दक्षता र सीप अनुसारको रोजगारी उपलब्ध गराउन नसक्नुका साथै मस्तिष्क पलायन , आर्थिक निर्भरता , सामाजिक समस्या र स्थानीय विकासमा अवरोध देखिएका छन्।तसर्थ यस्ता अबरोध तथा समस्यालाई समाधान गर्नको लागी स्थानीय तहले कृषि पर्यटन आइटी र हस्तकला सम्बन्धी तालिम सञ्चालन गर्नुपर्छ।त्यस्तैगरी व्यावसायिक कृषि पशुपालन र एग्रो प्रोसेसिङ उद्योगलाई प्रवद्र्धन गर्नुपर्छ र सहुलियत ऋणको व्यवस्थापन गर्नुपर्दछ ।
फलेवास नगरपालिका ले यस क्षेत्रको प्राकृतिक सांस्कृतिक सम्पदाहरूको प्रचारप्रसार गरी बढीभन्दा बढी आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गरी यस ठाउँको युवाहरूलाई रोजगारी तथा आर्थिक अवस्थामा सुधार गर्न सक्नुपर्छ । यस तहको स्थानीय सरकारले डिजिटल सम्बन्धी विभिन्न कार्यक्रमहरू सञ्चालन गरी युवाहरूलाई ँचभभबिलअष्लन, यलष्लिभ, चझयतभ वयदक को प्रवर्धन गर्न सक्नुपर्छ ।
निष्कर्ष
फलोवास नगरपालिकामा युवा बेरोजगारी एक जटिल समस्या भएपनि सही नीति स्थानीय स्रोतको सदुपयोग र सीप विकास मार्फत यसको समाधान सम्भव छ। यदि स्थानीय तह सरकार र समुदायबीच सहकार्य मजबुत गराइयो भने युवालाई आफ्नै ठाउँमा रोजगारी सिर्जना गरी समृद्धि समाज निर्माण गर्न सकिन्छ।
उद्धरण
( फलेवास नगरपालिका वडा नं ५ का वडाध्यक्ष नारायण लामिछानेको भनाइ अनुसार युवा जनशक्ति बेरोजगारी हुनुको मूल कारण युवाहरूमा छिटोभन्दा छिटो आम्दानी कसरी गर्न सकिन्छ भन्नु र विदेशप्रति आकर्षित हुनु यसको मूलभूत समस्या हो भनेर भन्नुभयो ।
( फलेवास नगरपालिका वडा नम्बर ४ का स्थानीय व्यवसायी राजेन्द्र शर्माले युवाहरूलाई उनीहरूको क्षमता दक्षता अनुसार रोजगारी सिर्जना गर्न नसक्दा बेरोजगारी उत्पन्न भएको भनेर भन्नुभयो ।
( फलेवास नगरपालिका नगर प्रमुख गंगाधर तिवारीका अनुसार युवाहरूलाई स्थानीय सीप अनुसार तालिमको अभाव र साना तथा मजौला उद्योगहरूको कमीले गर्दा उनीहरूलाई उनीहरूको क्षमता अनुसार रोजगारी दिन नसक्नु नै यसको प्रमुख समस्या हो भनेर भन्नुभयो ।
( फलेवास नगरपालिका वडा नम्बर ४ निवासी तथा श्री गहते आधारभूत विद्यालयका प्रधानाध्यापक ओमकार पौडेलको भनाइ अनुसार युवा बेरोजगारी हुनुको प्रमुख कारण परम्परागत शिक्षा प्रणालीको कारणले गर्दा युवा वर्गलाई आजको आधुनिक शिक्षातर्फ केन्द्रित गर्न नसक्नु र उनीहरूलाई व्यावसायिक ज्ञान तथा आधुनिक तालिम उपलब्ध गराउन नसक्नु नै यसको प्रमुख कारण हो भनेर आफ्नो धारणा प्रस्तुत गर्नुभयो।