• २०८३ मंसिर ४, बिहीबार
  • 2026 November 19, Thursday

काठेखोलाको वेतिथि : आफ्नो डोजर थन्काएर भाडाका डोजर रजाइँ

  • २०८३ जेष्ठ २९, शुक्रबार

बागलुङ । बागलुङको काठेखोलामा पछिल्लो समय वेतिथि मौलाउदै आएको छ । राजु थापाको नेतृत्वमा रहेको गाउँपालिकाले शुरुको दुई वर्ष वित्तिय तथा भौतिक प्रगतिमा राम्रो उपलव्धी हासिल पछिल्लो समय भाडाको घरबाट विद्यालयको घरमा लाखौ खर्चेर सर्नु बाहेक अन्य प्रगतिको सूचि छैन ।

पछिल्लो छ महिना यता आफ्नो डोजर थन्काएर कमिसनको लोभमा ठेकेदारको डोजर प्रयोग गर्दै आएको खुलेको छ । कार्यालय परिसरमा डोजर थन्काएर पालिकाले सकड मर्मत, पहिरो पन्छाउन भाडामा ठेकेदारका डोजर प्रयोग गर्दै आएको हो । गाउँपालिकाले वडालाईनै मर्मत संभारका लागि रकम पठाएर ठेकेदार मोटाउने काम गरेको हो ।

काठेखोला गाउँपालिकाले लखौ रकम खर्च गरेर खरिद गरेको डोजर प्रयोगविहीन अवस्थामा थन्किएको छ भने विकास निर्माणका काममा निजी डोजरलाई प्राथमिकता दिइएको पाइएको छ ।
गाउँपालिकाले सडक मर्मत, स्तरोन्नति तथा पूर्वाधार निर्माणका लागि खरिद गरेको डोजर लामो समयदेखि प्रयोगमा नआएर कार्यालय परिसरमै थन्किएको अवस्थामा रहेको छ । तर सोही समयमा विभिन्न योजनामा निजी तथा भाडाका डोजर प्रयोग भइरहेको भन्दै स्थानीयले प्रश्न उठाउन थालेका छन् ।

आफ्नै हेभी इक्विपमेन्ट हुँदा हुँदै पनि सडक निर्माण र मर्मतमा निजी डोजर प्रयोग गरिनु सार्वजनिक सम्पत्तिको दुरुपयोग तथा आर्थिक अनियमितताको संकेत हो । गाउँपालिकाले खरिद गरेको डोजर सञ्चालनका लागि चालक, मर्मत सम्भार वा व्यवस्थापनको उचित योजना नबनाउँदा सरकारी सम्पत्ति उपयोगविहीन बनेकोे छ ।

विकास निर्माणमा निजी डोजर प्रयोग गर्दा अतिरिक्त आर्थिक भार थपिएको र त्यसबाट सीमित व्यक्ति लाभान्वित भएको पाइएको छ । गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधि बीच मतभेदको उदाहरण बनेको छ पालिकाको डोजर । पालिकाको विपद्, आकश्मिक पहिरो व्यवस्थापन लगायत सडक मर्मतमा २०७७ सालदेखि नियमित प्रयोगमा आएको डोजर सात महिनादेखि पालिकामा थन्किएको हो । आर्थिक वर्ष २०७६/७७ सालमा २९ लाखमा खरिद गरेको व्याकुलोडर (डोजर) छ महिनादेखि थन्काएर कमिसनको लोभमा ठेकेदारको डोजरमा जनप्रतिनिधिले रजाइँ गरेको पाइएको छ ।

काठेखोला गाउँपालिका अध्यक्ष राजु थापाले चालक अभावमा पालिकाको डोजर थन्किएको स्विकार गर्नुहुन्छ । पालिकाको डोजर नचल्दा सडक मर्मत लगायतमा अन्य डोजर प्रयोग भइरहेको उहाँको भनाई छ ।

यस विषयमा गाउँपालिका अध्यक्ष राजु थापा झुट बोलेको पालिकाको वेबसाईट तथा समाचार स्रोतले प्रष्टाउछ । अहिले सम्म पालिकाले चालकका लागि विज्ञापन नै नखुलाएको पाइएको छ । विज्ञापन नखुलाएको पालिका अध्यक्षले चालक पाइएन भन्ने जवाफ दिनु लज्जास्पद र झुट सावित भएको छ ।

सडक मर्मत संभारका लागि वडामा बजेट पठाएपछि वडा अध्यक्षहरुले समेत थन्किएको डोजरमा प्रश्न उठाउन सकेका छै्रनन् । गाउँपालिकाले अहिले सम्म चालकका लागि कुनै विज्ञापन नखुलाएको पालिका स्रोत बताउछ ।

गाउँपालिका अन्य वित्तिय सूचकमा समेत जिल्लाकै कमजोर पालिकाको रुपमा छ । गत वर्ष लिजामा १० औं नम्बरमा परेको परेको पालिकाले अहिले स्थापनाको १० वर्षमा आफ्नो कार्यालय बनाउन नसक्ने पालिकाको रुपमा परिचित छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष ८०÷८१ मा स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन(लिजा)मा बागलुङका १० स्थानीय तहमध्ये सबैभन्दा कम ७५.५० लज्जास्पद अंक प्राप्त गरेको थियो ।

 

  • २०८३ जेष्ठ २९, शुक्रबार