• २०८३ मंसिर २, मंगलवार
  • 2026 November 17, Tuesday

लोकमार्गको बिहुँमा कार दुर्घटना

  • २०८३ जेष्ठ ३०, शनिबार

बागलुङ । मध्यपहाडी लोकमार्गको बिहुँमा कार दुर्घटनामा परेको छ । आज बिहान १० बजे बागलुङको काठेखोला गाउँपालिका–६ धैरेनी स्थित मध्यपहाडी लोकमार्गमा गुडिरहेको कार ब्रेक फेल भएर सडकबाट ६० मिटर तल खसेको बागलुङका प्रहरी प्रमुख प्रहरी उपरिक्षक फरिन्द्र प्रसाईले जानकारी दिनुभयो ।

२१ वर्षका अमृत केसीले चलाइ गलकोटबाट बागलुङ आउदै गरेको बागमती प्रदेश २५ च ०५२७ नं.को कार ब्रेक फेल भई दुर्घटना भएको हो । दुर्घटनामा चालक सहित ३ जना सवार रहेको र मानवीय क्षति नभएको प्रहरीले बताएको छ ।

  • २०८३ जेष्ठ ३०, शनिबार