• २०८३ मंसिर ३, बुधबार
  • 2026 November 18, Wednesday

ढोरपाटनको प्रर्वद्धन लागि ‘ढोरपाटन मिडिया समिट’

  • २०८३ असार ४, बिहीबार

बागलुङ । बागलुङको ढोरपाटन उपत्यकालाई चिनाउन प्रर्बद्धनात्मक अभियान चलाइएको छ ।  जिल्लाको ढोरपाटन नगरपालिकाले पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको ढोरपाटन उपत्यकालाई चिनाउन ‘ढोरपाटन मिडिया समिट’ गर्न थालिएको ढोरपाटन नगरपालिकाका कार्यबाहक नगरप्रमुख धन बहादुर कायत ‘कल्याण’ले जानकारी दिनुभयो ।

प्राकृतिक सम्पदा, सिकार पर्यटन र स्थानीय संस्कृतिको प्रबद्र्धन गर्ने उद्देश्यसहित बागलुङको ढोरपाटन उपत्यकामा ‘ढोरपाटन मिडिया समिट–२०८३’ आयोजना हुने भएको हो ।

आगामी असार ११ र १२ गते ढोरपाटन उपत्यकामा ‘ढोरपाटन मिडिया समिट’ गर्न थालिएको हो । ढोरपाटन नगरपालिकाको आयोजनामा समिटले ढोरपाटनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न सञ्चारमाध्यम, नीति निर्माता, पर्यटन व्यवसायी र सरोकारवालाबीच संवादको वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ । समिटमा ढोरपाटन घोषणापत्र समेत जारि गरिनेछ ।

समिटमा विभिन्न चार सत्र सञ्चालन हुने कार्यक्रम छ । पहिलो सत्रमा स्थानीय स्वागत, आतिथ्यता तथा उद्घाटन कार्यक्रम हुनेछ भने दोस्रो सत्रमा ‘की नोट स्पिचः ढोरपाटन–प्रकृतिबाट समृद्धि’ विषयमा नीतिगत मन्थन गरिनेछ ।

यस्तै तेस्रो सत्रमा ‘ढोरपाटनको भविष्य : सिकार पर्यटन कि दिगो पर्यटन ?’  विषयमा प्यानल बहस आयोजना गरिनेछ, जहाँ सिकार पर्यटन विज्ञ र सम्बन्धित सरोकारवालाबीच छलफल हुनेछ ।
चौथो सत्रमा ‘मिडिया र सामाजिक सञ्जालमा ढोरपाटन’ विषयक राउण्ड टेबल छलफल गरी पत्रकार, कन्टेन्ट क्रियटर तथा अन्य सरोकारवालाबीच सामुहिक विमर्श गरिने कार्यक्रम छ ।

आयोजकका अनुसार समिटले ढोरपाटनको प्राकृतिक सौन्दर्य, पर्यटन संभावना, स्थानीय संस्कृति तथा दिगो विकासका विषयलाई व्यापक रूपमा उजागर गर्दै प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास गरिएको ढोरपाटन नगरपालिकाका कार्यवाहक नगरप्रमुख धन बहादुर कायतले जानकारी दिनुभयो ।

  • २०८३ असार ४, बिहीबार