बागलुङ । सडकले पछि परेको बागलुङको बडिगाड गाउँपालिकाको फोर्सा गाउँमा सडक पुगेको छ । बडिगाड गाउँपालिका र गण्डकी प्रदेश सरकारको साझेदारीमा तीन करोड बढी खर्चेर पुरानोगाउँदेखि फोर्सा गाउँमा ट्रयाक पु¥याइएको हो ।
बागलुङका अधिकांश गाउँमा सडक पुगेपनि बडिगाडको फोर्सा–भेडिखोरमा पहिलोपटक सडक संगै मोटर पुगेको छ । चट्टानको भीर काटेर २०० बढी घर रहेको फोर्सामा सडक पुगेको हो । बडिगाड गाउँपालिका–८ फोर्सा स्थित पुरानोगाउँ–फोर्सा भेडिखोरलाई सडकको पहुँचमा ल्याइएको बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिनुभयो ।
“सडक पुगेको फोर्स गाउँमा मोटर लगेर सडकको उद्घाटन गरिएको छ, सडकले ग्रामिण जीवनलाई विकासमा जोडेको छ, बागलुङको सडक नपुगेको गाउँमा गाउँपालिका र गण्डकी प्रदेशको साझेदारीमा तीन करोड २५ लाख खर्चेर मोटरबाटो पु¥याइएको हो” अधिकारीले भन्नुभयो “मध्यपहाडी लोकमार्गसंग जोडिएको गाउँपालिकाका एउटै वडामा पुग्न एक दिन सम्म लाग्ने गरेको छ, उक्त सडकहरुलाई स्तरीय बनाउने योजना गाउँपालिकाको छ, सडकनै विकासको पहिलो आधार हो त्यसैले सडक नपुगेको स्थानमा सडक पहिलो प्राथमिकता हो ।”
पुरानोगाउँ सम्म पहिलेनै सडक पुगेकोमा त्यहाँबाट पाँच किमि सडक चट्टान काटेर फोर्सा भेडिखोरमा सडक पु¥याइएको हो । स्थानीयवासीको लामो समयदेखिको मागलाई सम्बोधन गर्दै निर्माण सम्पन्न गरिएको छ । गाउँपालिका अध्यक्ष अधिकारीले प्रदेश सरकारको रु.१ करोड ५० लाख र गाउँपालिकाको रु.१ करोड ७५ लाख गरी कुल ३ करोड २५ लाख बजेटबाट सडक निर्माण कार्य सम्पन्न गरिएको जानकारी दिनुभयो ।
बजेट अपुग भए पनि गाउँपालिकाको डोजर सञ्चालन गरी सडक निर्माणलाई टुङ्गोमा पु¥याइएको हो । अधिकारीले फोर्सा क्षेत्रका नागरिकहरू मोटरबाटोको पहुँचसम्म पुग्न करिब तीन घण्टा पैदल हिँड्नुपर्ने बाध्यताले आफूलाई निकै दुःखी बनाएको स्मरण गर्दै सडक निर्माण सम्पन्न हुँदा अत्यन्त खुशी लागेको बताउनुभयो ।
उहाँले फोर्सा जाने सडकलाई राष्ट्रिय सडक सञ्जालमा समावेश भएपछि स्थानीयलाई समेत सहज भएको छ । भीमगिठेबाट सडकलाई थप स्तरोन्नतीको काम अघि बढेको बताउनुभयो । यस्तै बडिगाड–७ को वडा कार्यालयसम्म सडक स्तरोन्नतिको काम हुने र त्यसपछि पुन ८ नम्बर हुँदै भेठडीखोर जाने सडक बाह्रैमास चल्ने बनाउने बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष भिमसेन वनका अनुसार भीमगिठे–टुनीबोट–पुरानोगाउँ–फोर्सा–भेडिखोर–खोलाखर्क हुँदै रमुवासम्मको सडकलाई प्रदेश गौरवको आयोजनामा समावेश गरिएको जानकारी दिँदै आगामी आर्थिक वर्षमा यस सडकमा थप १ करोडको काम भएर रिङ्गरोडको रुपमा विकास गरिने छ ।
मोटरबाटो सञ्चालनमा आएपछि स्थानीय बासिन्दाको आवतजावत सहज हुनुका साथै कृषि उत्पादन तथा दैनिक उपभोग्य सामग्रीको ढुवानीमा समेत ठूलो राहत पुग्ने स्थानीय बिनोद घर्तीले जानकारी दिनुभयो ।