बागलुङ । धवलागिरि बहुमुखी क्याम्पसको BICTE कार्यक्रमको आयोजनामा itअध्ययनरत विद्यार्थीलाई लक्षित गरी दुईदिने साइबर सेक्युरिटी तथा इथिकल ह्याकिङ कार्यशाला सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन BICTE कार्यक्रम संयोजक शिवप्रसाद पौडेलको अध्यक्षतामा भएको थियो । प्रमुख अतिथिका रूपमा क्याम्पस सञ्चालक समिति अध्यक्ष प्रा. डा. दिनबहादुर थापा सहभागी हुनुहुन्थ्यो भने क्याम्पस प्रमुख सहप्रा. डा. सुदर्शन सिलवाल लगायत प्राध्यापक, कर्मचारी, स्ववियु पदाधिकारी तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
उद्घाटन समारोहमा वक्ताहरूले सूचना प्रविधिको बढ्दो प्रयोगसँगै साइबर सुरक्षाको महत्व बढ्दै गएको उल्लेख गर्दै क्ष्त् विद्यार्थीहरूले नैतिकता, जिम्मेवारी र सीपलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमका प्रमुख प्रशिक्षक IT विज्ञ पवन रेग्मी तथा प्रशिक्षार्थी प्रशिक्षकहरू विवेक सापकोटा, शेरबहादुर सुनार र सन्देश आचार्यले साइबर सुरक्षा, इथिकल ह्याकिङ, नेटवर्क तथा वेब सुरक्षा, डिजिटल फरेन्सिक र साइबर आक्रमण सम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरेका थिए ।
दुई दिनसम्म सञ्चालन भएको कार्यशालामा सहभागी विद्यार्थीहरूले व्यवहारिक अभ्यासमार्फत उपयोगी ज्ञान तथा सीप हासिल गरेका थिए। समापन समारोहमा प्रशिक्षक, सहजीकरणकर्ता तथा सहभागी विद्यार्थीहरूलाई सम्मानपत्र र प्रमाणपत्र प्रदान गरिएको थियो ।
क्याम्पस प्रमुख सहप्रा. डा. सुदर्शन सिलवालले यस्ता व्यवहारिक तथा सीपमूलक कार्यक्रमले विद्यार्थीहरूको क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने बताउँदै आगामी दिनमा पनि सूचना प्रविधि, कृत्रिम बुद्धिमत्ता, साइबर सुरक्षा तथा डेटा साइन्सजस्ता क्षेत्रमा यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो ।
कार्यक्रमका अध्यक्ष तथा BICTE कार्यक्रम संयोजक शिवप्रसाद पौडेलले कार्यशालाले विद्यार्थीमा साइबर सुरक्षा सम्बन्धी ज्ञान, सीप र सकारात्मक सोच विकास गर्न महत्वपूर्ण भूमिका खेलेको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
