• २०८३ मंसिर ४, बिहीबार
  • 2026 November 19, Thursday

बागलुङ उद्योग वाणिज्य संघको ६२ औं साधारणसभा सम्पन्न

  • २०८३ असार १४, आईतवार

बागलुङ । बागलुङ उद्योग वाणिज्यसंघको ६२ औं वार्षिक साधाराणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभामाको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले घरेलु र स्थानीय उत्पादनलाई एकिकृत गरेर बजारीकरणमा सघाउने उद्योग वाणिज्य महासंघको नीति रहेको बताउनुभएको छ ।

आज बागलुङ उद्योग वाणिज्य संघ बागलुङका ६२ औं वार्षिक साधारणसभाको उद्घाटन पछि बोल्दै वैद्यले स्थानीय स्तरमा उत्पादन, महिला उद्यमीले तयार पारेका हस्तकला, कृषि उपजलाई बजारीकरण गर्न सातै प्रदेश र केन्द्रमा व्राण्डीङ सहितको स्वरुम र स्टल राखिने बताउनुभयो ।

“अव तपाईहरुले उत्पादन गरेका घरेलु उत्पादन र हस्तकलाका सामाग्री खेर जादैन, महासंघलेनै स्वरुम खोल्दै छ” वैद्यले भन्नुभयो “बजारीकरणको अभावमा स्थानीय उत्पादन खेर जादैन, अब महासंघले नै जिल्ला–जिल्लामा भएका स्थानीय उत्पादनलाई बजारीकरण गर्न सघाउछ ।”

केन्द्र स्थापनामा बगालुङ उद्योग वाणिज्यसंघको समेत ठूलो हात रहेको स्मरण गर्दै बागलुङ उद्यमी उत्पादन गर्ने थलोका रुपमा समेत आफूले चिनेको बताउनुभयो । उद्यमशीलताको काम अब महासंघले गर्दै सातै प्रदेशमा तालिम प्रदान गर्ने र उद्यमी उत्पादन गर्ने बताउनुभयो । उहाँले आर्थिक नीतिले व्यावार र व्यवसायीहरु धरासायी नहुन भन्नका लागि सरकारलाई सचेत गराउने लगायतका काम गरिएको उहाँको भनाई छ ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष नरेश कँडेल गण्डकी प्रदेश सरकारले उद्यमकिो हितमा नीति ल्याउन सघाएको बताउनुभयो । उहाँले उद्यमीको हक हित र व्यवसायमा टिकाउन नीतिगत सुधार भइरहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य सुमन श्रेष्ठ, धौलागिरी क्याम्पसका क्याम्पस प्रमुख डा. सुदर्शन सिलवाल, रास्वपाका नेता खिमानन्द पौडेल, नेपाल वितरक संघ गण्डकी प्रदेशका अध्यक्ष बद्री ढुङ्गाना, नवलपुर उद्योग वाणिज्यसंघका अध्यक्ष बुद्धी सागर पोखरेल, नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष राम थापा ‘अविरल’ले मन्तव्य व्यक्त गरेका थिए ।
साधारणसभा बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्यको अध्यक्षतामा सम्पन्न भएको थियो । साधारणसभाको सञ्चालन सचिव इन्द्रमणि पौडेल ‘अर्जुन’ ले गरेका थिए भने समापन वरिष्ठ उपाध्यक्ष ऋषिराम गौतमले गरेका थिए ।

विसं २०२० सालमा संस्थापक अध्यक्ष शिवकुमार प्रधानको नेतृत्वमा स्थापना भएको बागलुङ उद्योग वाणिज्य संघ नेपाल उद्योग वाणिज्य महासंघको संस्थागत सदस्यका रूपमा उद्योग, व्यापार तथा निजी क्षेत्रको हितमा निरन्तर क्रियाशील रहँदै आएको छ ।

  • २०८३ असार १४, आईतवार