बागलुङ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्यबाट सोम शर्मा बाहिरिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले महाधिवेशनमा निर्वाचित केन्द्रीय सदस्यको सूचीमा संशोधन गर्दा यसअगाडी केन्द्रीय सदस्य घोषित शर्मा बाहिरिएका हुन् । उनी बाग्लुङ २ बाट निर्वाचित सांसद हुन् ।
शर्मा कन्द्रीय सदस्यबाट बाहिरिदा प्रादेशिक केन्द्रीय सदस्यमा गण्डकीबाट पुजा बास्तोलालाई केन्द्रीय सदस्य भएकी छिन् ।
रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी पूजा बास्तोलाले मतपरिणाममा गडबडी गरिएको भन्दै निर्वाचन आयोगमा उजुरी दिएकी थिइन् । आफूलाई पन्छाएर कम मत ल्याउनेलाई विजयी घोषणा गरिएको उनको दाबी थियो । आयोगले बास्तोलाको दाबीलाई सदर गरेको छ ।
नतिजा घोषणामा प्राविधिक त्रुटि भएको स्वीकार्दै प्रादेशिक केन्द्रीय सदस्यमा गण्डकीबाट बास्तोलालाई विजयी बनाइएको हो ।
यसअघि गण्डकीबाट विजयी घोषित सोम शर्मालाई केन्द्रीय समितबाट हटाइएको छ ।
यस्तै जनजाति क्लस्टरतर्फ कृष्णमान श्रेष्ठलाई निर्वाचित घोषित गरिएकोमा उनी पनि बाहिरिएका छन् । उनको ठाउँमा ध्रुव थापामगरलाई निर्वाचित घोषणा गरिएको छ । उम्मेदवारी दर्ता गर्दा पेश गरिएको कागजपत्र अध्ययन गर्दा ध्रुव निर्वाचित भएको देखिएको आयोगले जनाएको छ ।
