बागलुङ । आदर्श सञ्चार डटकमा कार्यकारी सम्पादक विनोद थापालाई विकास पौडेल स्मृति पत्रकारिता पुरस्कार–२०८३ प्रदान गरिएको छ ।
नेपाल पत्रकार महासंघमा स्थापना गरिएको पुरस्कारबाट यस वर्ष पत्रकार विनोद थापा सम्मानित हुनुभएको छ ।
नेपाल पत्रकार महासंघ बागलुङ शाखाको १४औँ साधारणसभा तथा २६औँ स्थापना दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा थापालाई नगद पाँच हजार सहित सम्मान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, महासंघ बागलुङ शाखाका अध्यक्ष राम थापा, पुरस्कारका संरक्षक विष्णुराज पौडेल तथा पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले सम्मानपत्र, दोसल्ला तथा नगद रु.५ हजार सहित पुरस्कार प्रदान गर्नुभयो ।
पुरस्कारबाट सम्मानित थापा आदर्श सञ्चारसंगै न्युज २४ टेलिभिजनमा कार्यरत हुनुहुन्छ । एक दशकअघि पत्रकारिता थाल्नुभएका थापा रेडियो ढोरपाटनबाट पत्रकारिता आरम्भ गर्नुभएको थियो ।