बागलुङ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्बाट पारित भई प्रमाणीकरणका लागि पेस भएका चार वटा विधेयक प्रमाणीकरण गर्नु भएको छ ।
राष्ट्रपति कार्यालयले बिहीबार राती जारी गरेको विज्ञप्तिमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम ती विधेयक प्रमाणीकरण गरेको उल्लेख छ ।
सहकारी ९पहिलो संशोधन० विधेयक, २०८३ सहित सार्वजनिक खरिद ९दोस्रो संशोधन० विधेयक, २०८३, सम्पत्ति शुद्धीकरण ९मनी लाउन्डरिङ० निवारण (तेस्रो संशोधन) विधेयक, २०८३, तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ प्रमाणीकरण भएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

