बागलुङ । बागलुङ बजारमा केन्द्रिय कार्यालय रहेको सिवाईसी बचत तथा ऋण सहकारीले आगमी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सदस्य वडा घोषणादेखि महिलालाई उद्यमशीलता विकास गर्ने खालको योजना ल्याएको छ । सहकारीले गर्भदेखि मृत्युसम्म सदस्यको साथमा रहेको जनाएको छ ।
संस्थाले सदस्यको आर्थिक विकास, सुःख दुखमा साथ, सामाजिक तथा व्यावसायिक सशक्तीकरणलाई प्राथमिकतामा राख्दै वित्तीय सेवा विस्तार, वित्तीय साक्षरता, व्यवसाय प्रवद्र्धन, सामाजिक उत्तरदायित्व तथा संस्थागत सुशासनलाई मुख्य प्राथमिकतामा राखेको सहकारीका अध्यक्ष चण्डी प्रसाद शर्माले जानकारी दिनुभयो ।
शर्माका अनुसार सदस्यको परिवारमा जन्मदेखि मृत्यु सम्मका सामाजिक तथा संस्कार जन्य काममा सदस्यको साथमा रहने बताउनुभएको छ । “गर्भवतीलाई पोषीलो खानेकुरा, शिशु दर्शन कार्यक्रम, युवालाई उद्यम बनाउन सस्तो व्याजमा ऋण, बिबाह समारोहमा भेटघाटदेखि मृत्यु सस्कारमा राहत रकम प्रदान गर्ने सहकारीको नीति रहेको छ” अध्यक्ष शर्माले भन्नुभयो “असदस्यको बचत र ऋण सेवालाई थप प्रभावकारी बनाउने, एक हजार ६२० नयाँ सदस्य विस्तार गर्ने, वित्तीय तथा प्रविधि साक्षरता कार्यक्रम सञ्चालन गर्ने, उद्यमशीलता विकासका लागि व्यवसाय परामर्श तथा सीपमूलक तालिम प्रदान गर्ने योजनामा छौं ।”
संस्थाले आकस्मिक स्वास्थ्य सहायताका लागि बाटोमै राहत ऋण दिने, सदस्य शिक्षा, बाल बचत तथा छात्रवृत्ति कार्यक्रम, महिला, युवा तथा ज्येष्ठ सदस्य लक्षित विशेष कार्यक्रमलाई निरन्तरता दिने बताएको छ ।
सहकारीको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जानकारी गराउँदै अध्यक्ष चण्डीप्रसाद शर्माले शेयरपूँजिलाई ३८ करोड ८७ लाखबाट ३९ करोड १२ लाख पु¥याउने, जगेडा कोषको रकम २० करोड १६ लाखबाट बढाएर २० करोड ७३ लाख, अन्य कोष पनि २ करोडबाट बढाएर ३ करोड १७ लाख बनाउने योजना रहेको बताउनुभयो । हाल सिवाईसी बचत तथा ऋण सहकारीमा १ अर्ब ६६ करोड ५६ लाख रहेकोमा आगामी वर्ष बढाएर १ अर्ब ७९ करोड ७२ लाख पु¥याइने भएको हो ।
सिवाईसीका सबै शाखालाई डिजिटल बनाइएको, एटिएम, क्यूआर कोड लगायतका सेवा दिएकाले आगमी वर्षदेखि बजारप्रतिनिधि रहित सेवा दिने उहाँको भनाई छ । शर्माका अनुसार एक हजार ६६० शेयर सदस्य थप गरी २८ हजार ७०० शेयर सदस्य पु¥याउने लक्ष्य रहेको बताउनुभयो ।
त्यसैगरी, राष्ट्रिय सहकारी नियमन प्राधिकरणले तोकेको मापदण्डअनुसार संस्थाको वित्तीय स्वास्थ्य सुदृढ बनाउँदै पूँजी पर्याप्तता कायम गर्ने, सुशासन र पारदर्शितालाई थप मजबुत बनाउने तथा सदस्य सहभागिता अभिवृद्धि गर्ने लक्ष्य लिइएको छ । सहकारीमा ३८ करोड ८७ लाख शेयर पूँजि, २० करोडको जगेडा कोष, एक अर्ब ६६ करोड बचत ५६ लाख बचत तथा एक अर्ब ३७ करोड लगानी रहेको छ भने ६० करोड तरलता र २५ सदस्य सेवा केन्द्ररहेको अध्यक्ष शर्माले जानकारी दिनुभयो ।
सामाजिक उत्तरदायित्वअन्तर्गत वातावरण संरक्षण, सरसफाइ, वृक्षारोपण, रक्तदान, स्वास्थ्य परीक्षण, ट्राफिक सचेतना तथा विपद् व्यवस्थापनसम्बन्धी कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ । संस्थाले आगामी आर्थिक वर्षमा बचत, ऋण, शेयर पुँजी, जगेडा कोष, सदस्य संख्या लगायतका वित्तीय सूचकहरूमा उल्लेखनीय वृद्धि गर्ने लक्ष्यसमेत निर्धारण गरेको जनाएको छ । कार्यक्रम सहसचिव सुवास आचार्यको सञ्चालन, मोहन प्रसाद उपाध्ययको स्वागत तथा पत्रकार महासंघका सचिव नारायण रिजालको मन्तव्यमा समापन गरिएको थियो ।