• २०८३ मंसिर २, मंगलवार
  • 2026 November 17, Tuesday

पहिरोले रुम्टा गाउँ जोखिममा

  • २०८३ श्रावण १२, मंगलवार

बागलुङ । मध्यपहाडी लोकमार्गमुनीबाट खसेको पहिरोले रुम्टा गाउँ जोखिममा पु¥याएको छ । बागलुङ नगरपालिका–३ रुम्टागाउँमाथिबाट खसेको पहिरोले सातघर जोखिममा पु¥याएको हो ।

मंगलबार राति खसेको पहिरोका कारण सात घर जोखिममा परेको छ भने खानेपानीको पाईपलाईन समेत फुटेको छ । बागलुङ नगरपालिकाका निवर्तमान नगरप्रमुख जनकराज पौडेलले पहिरोले सिम्ले जाने सडक, खेतबारी तथा खरबारीमा क्षति पु¥याएको बताउदै पहिरो निरन्तर बढेमा सातघर स्थानान्तरण गर्नुपर्ने अवस्ता आएको बताउनुभयो ।

पौडेलका अनुसार स्थानीय दीपेन्द्र कँडेलसहित दुई परिवारले रातिदेखि नै घर छाडेर छिमेकीको घरमा आश्रय लिएका छन् । निरन्तर माटो खस्ने र वर्षासँगै लेदो बग्ने क्रम जारी रहेकाले अन्य स्थानीयसमेत त्रसित बनेका छन् । पहिरोले बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको मुख्य पानी आपूर्ति पाइपमा पनि क्षति पु¥याएको नगरखानेपानीले जनाएको छ ।

पहिरोले खानेपानीको फाइप फुटेपछि पहिरो बढेको पाइएको थियो । पहिरोका कारण शेरबहादुर सार्की, हिमाल पौडेल, विदुर पौडेल र जनक पौडेल लगायतका घरसमेत जोखिममा परेका छन् । समयमै पहिरो नियन्त्रण तथा व्यवस्थापन नभए रुम्टागाउँभन्दा तलको बस्तीसमेत जोखिममा पर्न सक्ने स्थानीयको भनाइ छ ।
खानेपानी मर्मतको काम भने शुरु भएको नगरखानेपानीले जनाएको छ ।

  • २०८३ श्रावण १२, मंगलवार