• २०८३ आश्विन १४, बुधबार
  • 2026 September 30, Wednesday

युवा दिवसमा रास्वपा बागलुङको कविता वाचन कार्यक्रम

  • २०८३ श्रावण २८, बिहीबार

बागलुङ । बागलुङमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर ‘मेरो युवा, मेरो देश’ शीर्षकमा कविता वाचन कार्यक्रम सम्पन्न भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी बागलुङ जिल्ला समिति र नगर समितिको आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न स्रष्टाहरूले युवाको भूमिका, देशप्रतिको जिम्मेवारी, समृद्धि र परिवर्तनका विषय समेटिएका कविता वाचन गरेका थिए ।

उनिहरुले मुलुकको विकृति विसंगतिको अन्त्य गर्दै मुलुकलाई सम्मृद्धिको दिशा तर्फ अग्रसर गराउन युवा शक्ति सचेत भएर अगाडी बढ्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा रोशन कार्की, टेकबहादुर केसी, अस्मिता खड्का, बालकृष्ण शर्मा, मनोज थापा, ताराप्रसाद शर्मा स्टार, चन्द्र बहादुर क्षेत्री चन्द्रसुर्य, हिरा बहादुर केसी, प्रकाश थापा, कोपिला कँडेल, हिरावहादुर केसी, प्रकाश रिजाल, याम बुढा मगर र शिवकला थापा लगायतले सिर्जना वाचन गर्नुभएको थियो । कार्यक्रमा बोल्दै उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष राजनकुमार शाक्यले देश निर्माणमा युवाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै युवालाई सिर्जनशील, उद्यमशील र जिम्मेवार बन्न आग्रह गर्नुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी बागलुङका उपसभापति खिमानन्द पौडेलको अध्यक्षता, कार्यक्रम संयोजक अभिषेक कटुवाल क्षेत्रीको स्वागत मन्तव्य र सचिव लिलबहादुर खत्री बबिनको संचानलमा सम्पन्न भएको थियो ।