बागलुङ । फेसबुकमा स्टाटस लेखेर दुईसातादेखि वेपत्ता भएकी बागलुङको ढोरपाटन नगरपालिका–९ की तपस्या वि.क. मृत अवस्थामा फेला परेकी छिन् ।
फेसबुकमा सरी आमा र सरी बाबा लेखेर दुई सातादेखि सम्पर्कविहीन रहेकी बिक ढोरपाटन–७ भूजीखोलामा आज मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी रामेश्वर त्वातिले जानकारी दिनुभयो ।
साउन १९ फेसबुकमा स्टाटस पोष्ट गरेर बिक सम्पर्कविहीन थिइन् । स्थानीय खिमबहादुर वि.क.ले बाटो हिँड्ने क्रममा खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।