बागलुङ । बागलुङको बुर्तिवाङ बजारको एक घरमा छिरेको चितुवाको उद्दार गरी पोखरा पठाइएको छ ।
बुर्तिवाङ बजारमा धु्रव श्रेष्ठले पालेको खरायो खान आएको चितुवाले स्थानीय लालेन्द्रकुमार पुनलाई बुधबार आक्रमण गरी घाइते बनाएपछि चितुवाको उद्दार गरी बिहीबार पोखरा पठाइएको वन डिभिजन कार्यालय बागलुङका प्रमुख सरोज पन्थीले जानकारी दिनुभयो ।
खरायो खान जाली च्यातेर खोरमा पसेको चितुवा धपाउने क्रममा स्थानीय लालेन्द्र कुमार पुनको घरमा पसेको थियो । सल्लेरी सामुदायिक वनबाट छिरेको चितुवालाइ स्थानीयले लखेट्दा पुनको घरमा पुगेको थियो । पुनलाई आक्रमण गरेको चितुवालाई घरमै थुनेर राखेपछि उद्दार गरी पोखरा पठाइएको हो । खेतमा लुकेको चितुवा भाग्ने क्रममा भगवती टोलका स्थानीयले लालेन्द्र कुमार पुनको घरभित्र पसेको थियो । घरमा चितुवा पसेको थाहा पाएपछि पुन घर पुगेका मात्र के थिए, चितुवाले उनीमाथि झम्टिर पुनको हात र खुट्टामा चोट लागेको हो ।
घरको कोठाभित्र थुनिएको चितुवालाई सबडिभिजन वन कार्यालय बुर्तिवाङका प्रमुख सारिका लामिछानेसहित जिल्ला वन डिभिजन कार्यालयका प्रमुख सरोज पन्थी लगायतले चितुवालाई नियन्त्रणमा लिएर पोखरा पठाएका थिए । डिभिजन वन कार्यालय बागलुङका प्रमुख सरोज पन्थीले उद्धार गरिएको चितुवालाई पोखरास्थित पचभैयाँ वन्यजन्तु उद्दार केन्द्रमा लगिएको छ । चितुवाको स्वास्थ्य परीक्षणपछि उपयुक्त प्राकृतिक वासस्थानमा पुनः छाडिनेछ ।