बागलुङ । बागलुङ नगरपालिका–१ गंगा पथ स्थित हरियाली आमा समूहले तीजमा दर खाने रकम बाढी पीडितलाई प्रदान गरेका छन् । हरेक वर्ष महिलाहरुको तीज पर्वमा आमा समूहले दर खुवाउने कार्यक्रमको आयोजना गर्दै आएको थियो ।
यस वर्ष देशनै शोकमा परेकाले कार्यक्रम स्थगित गरी उक्त खर्च वापतको रकम बाढीपीडितलाई प्रदान गरिएको हो ।
भदौं १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा ज्यान गुनमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै रु. २० हजार आर्थिक सहयोग गरिएको आमा समूहका अध्यक्ष मन कुमारी शर्माले बताउनुभयो । उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा गरिएको हो ।