भोलि शुक्रबारदेखि लगातार सार्वजनिक बिदा परेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले भदौ २२ र २३ गते पनि सार्वजनिक बिदा दिने निर्णय गरेसँगै लगातार ५ दिन बिदा परेको हो । भदौ १९ गते गौरा पर्व र श्रीकृष्ण जन्माष्टमी, २० गते शनिबार नियमित बिदा, २१ गते आइतबार पनि नियमित बिदा, २२ गते रसुवा बाढीमा ज्यान गुमाएकाको सम्मानमा शोक बिदा, २३ गते गत वर्ष भएको जेनजी आन्दोलनका शहीदको सम्मानमा देशभर सार्वजनिक बिदा दिने निर्णय सरकारले गरेको छ।
यसअघि समाचारमा भदौ २२ गते सरकारले घोषणा गरेको राष्ट्रिय शोक दिवस मनाउने विषय उल्लेख भएको थियो । सो दिन सार्वजनिक बिदा नभएकाले पाठकहरूमा पर्न गएको समस्याप्रति क्षमाप्रार्थी छौं (सम्पादक )