बागलुङ । भोटेकोशी बाढीबाट प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बागलुङबाट सहयोग गर्ने क्रम तीव्र भएको छ ।
यसैबीच भीमापोखराका स्थानीय, जनप्रतिनिधि तथा संघ संस्थाले एक लाख एक हजार प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा गरिएको छ ।
काठेखोला गाउँपालिका–२ भीमापोखराका वडाध्यक्ष विद्यापति शर्माको समन्वयमा स्थानीय जनप्रतिनिधि, आमा समूह, वन उपभोक्ता समिति, सिम सामुदायिक समूह तथा समाजसेवीबाट सङ्कलित रु. एक लाख एक हजार २७५ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ ।
उक्त रकम बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यमार्फत हस्तान्तरण गरिएको भिमापोखराका स्थानीय समाजसेवी प्रेम केसीले जानकारी दिनुभयो ।
केसीका अनुसार शिवालय आमा समूहको रु. ३० हजार, सिम सामुदायीक विकास समुहबाट रु. २० हजार, अमृतपुटी रोकाले सामुदायीक वन उपभोक्ता समुहबाट १० हजार, लालु पौडेल एक हजार १००, चन्द्रकला सापकोटा एक हजार १००, शिव थापा क्षत्री पाँच हजार, खगराज उपाध्याय ५०५, टिकाराम शर्मा ५०५, टंक प्रसाद पौडेल ५५०, विष्णु सापकोटा एक हजार पाँच, राम प्रसाद शर्मा एक हजार पाँच, धन बहादुर केसी ५०५, काठेखोला गाउँपालिका–२ जनप्रतिनिधि र कर्मचारीबाट रु. २५ हजार र स्वास्थ्य आमा समूहबाट चार हजार र खिम बहादुर कार्कीबाट रु. एक हजार जम्मा गरी हस्तान्तरण गरिएको थियो ।
