• २०८३ मंसिर ३, बुधबार
  • 2026 November 18, Wednesday

गोरखापत्रकर्मी नवराज नेपाली सहित चार पत्रकार पुरस्कृत

  • २०८३ भाद्र २४, बुधबार

बागलुङ । बागलुङका पत्रकार तथा गोरखापत्रकर्मी नवराज नेपाली सहित चार पत्रकार पुरस्कृत हुनुभएको छ ।

नेपाल प्रेस युनियन जिल्ला शाखा बागलुङको २६ औं वार्षिक साधारणसभा एवं नवौं जिल्ला अधिवेशनको अवसरमा बुधबार गोरखापत्र दैनिकका गलकोट समाचारदाता नेपालीलाई नगद १० हजार रुपियाँसहित तारादेवी–चुर्णमान सिंह पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । २०७२ सालदेखि रेडियो ढोरपाटनबाट पत्रकारिता क्षेत्रमा प्रवेश गर्नुभएको हो ।

नेपालीसँगै अर्का पत्रकार हरिप्रसाद शर्मालाई पनि तारादेवी–चुर्णमान सिंह पत्रकारिता पुरस्कार प्रदान गरिएको प्रेस युनियन बागलुङका अध्यक्ष संगम घर्ती मगरले जानकारी दिनुभयो ।
सो अवसरमा पत्रकार सुरेश गर्वुजा छन्त्याल ‘दर्पण’ र सुवासराज पन्तलाई नगद १० हजार रुपियाँ राशीको नारायण–मानकुमारी पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

गण्डकी प्रदेशका अर्थमन्त्री जित शेरचनले उहाँहरूलाई पुरस्कृत गर्नुभएको हो ।   सो अवसरमा बोल्नहुँदै मन्त्री शेरचनले पत्रकारिताको पेसागत व्यावसायिक मर्यादा र गरिमालाई कायम राख्न आग्र गर्नुभयो । पत्रकार देश र समाजको प्रतिनिधित्व गर्ने वर्ग भएकाले पेसागत दायित्व र नैतिक इमान्दारिता कायम गरेर अघि बढ्न उहाँको सुझाव थियो ।

 

 

  • २०८३ भाद्र २४, बुधबार