• २०८३ मंसिर ३, बुधबार
  • 2026 November 18, Wednesday

काठेखोलाका आठवटै वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न

  • २०८३ आश्विन ४, आईतवार

 

बागलुङ । नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्र्तगत शनिबार काठेखोला गाउँपालिकाका आठवटै वडामा वडा अधिवेशन सम्पन्न भएको छ ।

सर्वसम्मत रुपमा आठवटै वडामा नयाँ वडा सभापतिसहित कार्यसमिति चयन गरिएको काठेखोला गाउँपालिका सभापति यमदत्त कँडेलले जानकारी दिनुभयो ।

सर्वसम्मत निर्वाचित हुने वडा सभापतिमा वडा नं. १ मा तारा शेरचन, २ मा प्रकाश केसी, ३ मा नगेन्द्रबहादुर भण्डारी, ४ मा रनबहादुर पुन, ५ मा हरि सापकोटा, ६ मा रघुनाथ शर्मा कँडेल, ७ मा गजेन्द्र कुँवर र ८ मा मोमबहादुर रोका चयन हुनुभएको कँडेलको भनाई छ ।

  • २०८३ आश्विन ४, आईतवार