• २०८३ मंसिर २, मंगलवार
  • 2026 November 17, Tuesday

बागलुङ नगरका नौ वडामा कांग्रेसको अधिवेशन सम्पन्न : पाँच वटाको अधिवेशन जारी

  • २०८३ आश्विन ४, आईतवार

बागलुङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बागलुङ नगरपालिकाका नौ वडामा अधिवेशन सम्पन्न भएको छ ।

बागलुङ नगरपालिकाका १४ वडामध्ये नौ वडामा अधिवेशन सम्पन्न भएको नगर सभापति उमाकान्त शर्मा ‘बाबु’ले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी पाँच वडामा अधिवेशन प्रक्रिया चलिरहेको छ ।

अधिवेशन सम्पन्न भएका वडामा बागलुङ नगरपालिका–१ को सभापतिमा भेपेन्द्र केसी, वडा नं २ मा खगेश्वर पौडेल, वडा नं ५ मा दीपक आचार्य, वडा नं ६ मा बालकृष्ण सापकोटा, वडा नं ७ मा दिलीप पन्त, वडा नं ९ मा जनक खत्री, वडा नं १० मा मौसम थापा, वडा नं १२ मा मानबहादुर खत्री र वडा नं १४ मा टेकनारायण शर्मा चयन हुनुभएको छ । नगर सभापति शर्माका अनुसार वडा नं ३, ४, ८, ११ र १३ को अधिवेशन आज सम्पन्न गर्ने तयारी गरिएको छ ।

  • २०८३ आश्विन ४, आईतवार