बागलुङ । नेपाली कांग्रेस बागलुङ नगर सभापतिका लागि तीन जनाको उम्मेदवारी परेको छ ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुधबार भएको मनोनयन दर्तामा नगर सभापति पदमा नारायण पौडेल, आशिक राजभण्डारी र नारायणप्रसाद श्रेष्ठले उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन अधिकृत गीता लामिछानेले जानकारी दिनुभयो ।
पौडेल नेपाली कांग्रेस बागलुङ नगर समितिका वर्तमान उपसभापति हुनुहुन्छ भने राजभण्डारी वर्तमान सचिव हुनुहुन्छ ।
नगर उपसभापति पदमा हायश्वर सुवेदी र सृजना अधिकारी पौडेलको उम्मेदवारी परेको छ । सचिव पदमा दिपेन्द्र गौतम, कमल बोहोरा र अर्जुन सापकोटाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
नगर कार्यसमिति सदस्यतर्फ प्रत्येक वडाबाट एक महिला र एक पुरुष गरी २८ जना, युवा महिला एक, युवा खुला दुई, दलित महिला एक र दलित खुला एक गरी ३३ जना निर्वाचित हुने व्यवस्था गरिएको छ । यस्तै, नौ जना सदस्य पछि मनोनित गरिने व्यवस्था रहेको निर्वाचन अधिकृत लामिछानेले जानकारी दिनुभयो । नगर अधिवेशनमा ४५६ जना क्षेत्रीय प्रतिनिधिले मतदान गर्ने बताइएको छ।