• २०८३ आश्विन १३, मंगलवार
  • 2026 September 29, Tuesday

पौडेलको नेतृत्वमा बागलुङ नगर कांग्रेस सर्वसम्मत

  • २०८३ आश्विन ८, बिहीबार

बागलुङ । नेपाली कांग्रेस बागलुङ नगर सभापतिमा नारायण पौडेल सर्वसम्मत निर्वाचित हुनुभएको छ । बुधबारबाट सुरु भएको अधिवेशनमा सभापतिका लागि तिन जनाको उम्मेदवारी परेको थियो । सभापतीका अर्का दुई उम्मेदवार आशिक राजभण्डारी र नारायण प्रसाद श्रेष्ठले उम्मेदवारी फिर्ता लिएसँगै पौडेल सभापतिमा निर्वाचित भएको निर्वाचन अधिकृत गिता कुमारी लामिछानेले बताउनुभयो ।

त्यसैगरी उपसभापती खुल्लामा हायश्यवर सुवेदी (रवि) महिला उपाध्यक्षमा सिर्जना अधिकारी पौडेल सर्वसम्मत हुनुभएको छ । यस्तै सचिवका कमला बोहोरा र अर्जुन सापकोटाको उम्मेदवारी परेकोमा कमल बोहोरा सर्वसम्मत निर्वाचत भएका छन । सापकोटाले उम्मेदवारी फिर्ता लिनुभएको छ ।

नगरसभापती र सचिव बाहेक अन्य सवै पदमा एकल उम्मेदवारी परेको थियो । समितिको सह–सचिवमा दिपेन्द्र गौतम सर्वसम्मत निर्वाचित हुनुभएको छ । समितिको सदस्यहरुमा कृष्ण गिरी, सुमित्रा शर्मा, सिता बोहोरा, डा. कल्पना लिम्बु, कृष्ण आचार्य, पूजा आचार्य, भरत कुमार सापकोटा, रुपा किसान, शोभाखर सापकोटो, गणेश केसी सिता देवी शर्मा, भोजबहादुर जिसी, प्रेमराज पौडेल, नन्दकली परियार, डिल्लीराज जैशी, अमृता थापा, चन्द्रबहादुर थापा, प्रतिभा केसी, नरप्रसाद शर्मा, नारायणी शर्मा, सुनिल केसी, अनुप रिजाल, स्नेहा सापकोटा, अषिस बोसेल र सृष्टी परियार सर्वसम्म निर्वाचित भएका छन ।

कार्यसमितिको निर्णय पश्चात कोषाध्यक्ष मनोनित हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

  • २०८३ आश्विन ८, बिहीबार