• २०८३ आश्विन १३, मंगलवार
  • 2026 September 29, Tuesday

भारी वर्षाले कांग्रेसको क्षेत्रीय अधिवेशन प्रभावित : बागलुङ–१ को अधिवेशन असोज ११ गते

  • २०८३ आश्विन ९, शुक्रबार

बागलुङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पूर्वनिर्धारित प्रदेश सभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनहरू भारी वर्षाका कारण प्रभावित भएका छन् । देशका विभिन्न स्थानमा जारी प्रतिकूल मौसमका कारण असोज १० गते शनिबारका लागि तय गरिएका अधिवेशनहरू केही जिल्लामा स्थगित गरिएका छन् भने कतिपय क्षेत्रमा नयाँ मिति तोकिएको छ । केन्द्रीय निर्वाचन समितिले शुक्रबार विज्ञप्ति जारी गर्दै क्षेत्रीय अधिवेशनका निर्वाचन कार्यक्रमहरू सम्बन्धित क्षेत्रको मौसमको अवस्था हेरेर सञ्चालन गर्न जिल्ला निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको छ । मौसम अनुकूल भएका क्षेत्रमा तोकिएकै मितिमा र प्रतिकूल मौसम भएका क्षेत्रमा असोज १३ गतेभित्र अधिवेशन सम्पन्न गर्ने गरी आवश्यक व्यवस्था मिलाउन समितिले आग्रह गरेको छ ।

वर्षाका कारण बागलुङ सहित ओखलढुंगा, भोजपुर, रामेछाप, काभ्रेपलाञ्चोक र कास्कीलगायत जिल्लामा शनिबारका लागि तय भएका प्रदेश सभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन प्रभावित भएका छन् । केही जिल्लामा पालिका अधिवेशनसमेत स्थगित गरिएको जनाइएको छ । भारी वर्षा तथा प्रतिकूल मौसमका कारण नेपाली कांग्रेस बागलुङ क्षेत्र नं। १ को क्षेत्रीय तथा प्रदेश अधिवेशन पनि एक दिन पछि सरेको छ ।

असोज १० गतेका लागि तय गरिएको अधिवेशन अब असोज ११ गते सम्पन्न गर्ने निर्णय भएको क्षेत्रीय सभापति चण्डीप्रसाद शर्मा पौडेलले जानकारी
क्षेत्रीय सभापति पौडेलद्वारा जारी सूचनामा देशभर भइरहेको भारी वर्षा तथा प्रतिकूल मौसमका कारण अधिवेशनको मिति परिवर्तन गरिएको उल्लेख छ ।
केन्द्रीय निर्वाचन समितिका अनुसार कांग्रेसको महाधिवेशनअन्तर्गत ६६ जिल्लाका ६३० पालिकामा निर्वाचन सम्पन्न भइसकेको छ । कांग्रेसले असोज ३ गतेदेखि महाधिवेशनअन्तर्गत वडा अधिवेशन सुरु गरेको थियो ।

  • २०८३ आश्विन ९, शुक्रबार