बागलुङ । बिहीबारदेखी परेको अविरल वर्षाको कारण ताराखोलामा एकजनाको पहिरोमा परि मृत्यु भएको छ ।
गएराति घरमाथिबाट खसेको पहिरोमा पुरिएर ताराखोला गाउँपालिका – ५ धस्मरका ५९ वर्षीय मनबहादुर रोकाको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईले जानकारी दिनुभयो । प्रसाईका अनुसार घरमा आसिंक क्षति पुगेको भए पनि रोका सुत्नेकोठामा भने पहिरोले पुरेको थियो ।
स्थानीयका अनुसार घरमै सुतिरहेको अवस्थामा पहिरोमा पुरिएको प्रहरीको भनाई छ । अहिले स्थानीयको सहायतामा पहिरोबाट शव उद्धारको काम भैरहेको प्रहरीको भनाई छ ।