बागलुङ । बागलुङमा अविरल वर्षापछि आएको विपद् परि दश जनाको मृत्यु भएको छ । विपद्मा परि एक जना वेपत्ता हुनुभएको छ ।
दुईदिनमा बागलुङमा ठूलो मानवीय क्षति भएको छ । आईतबारमात्रै नौ जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन् ।शनिबार एक जनाको मृत्यु भएको थियो ।
अविरल वर्षाका कारण आईतबार बागलुङको तमानखोला गाउँपालिकामा चार जनाको मृत्यु, एक वेपत्ता र निसीखोला गाउँपालिकामापाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख फडिन्द्र प्रसाईले जानकारी दिनुभयो ।
अविरल वर्षाका कारण तमानखोला गाउँपालिका–३ धर्नासुकमा घर पुरिदा ८० वर्षीय बुध्दिराज घर्ती र ६६ वर्षीया भिमदेवि घर्तीको मृत्युभएको छ ।
तमानखोला–३ मा पहिरोले ८ घर बगाएको र पूर्वसुचनाका कारण धेरैको ज्यान जोगिएको बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो । घटनामा उद्दार गर्न नेपाली सेनाको हेलिकप्टर समेत प्रजिअ र प्रहरी प्रमुख सहित घटनास्थलमापुगेको थियो ।
यस्तै पहिरोले घर पुरिदा तमानखोला गाउँपालिका–४ सन्तरका ५० वर्षीय हस्तविर श्रीपाली र ६५ वर्षीया उडिसरा श्रीपालीको मृत्युभएको छ । सोही पहिरोका कारण हस्तविर श्रीपालीको श्रीमती वेपत्ता हुनुभएको छ ।
पहिरोमा पुरिएर निसीखोला गाउँपालिका – ३ जुग्जाखोलाको हदधारामा एकै परिवारका चार जनाको मृत्यु भएको बागलुङका प्रहरीउपरिक्षक फरिन्द्र प्रसाईले जानकारी दिनुभयो ।
पहिरोमा परी मृत्यु हुनेमा ३६ वर्षीया श्याम कुमारी बिक, उहाका छोराहरू १३ वर्षीय मनोज बिक, ८ वर्षको मुकेश बिक र तीन वर्षीयनिशान बिक रहेको प्रहरी प्रमुख प्रसाईले बताउनुभयो ।
यस्तै पहिरोले गोठ पुरिदा निसीखोला गाउँपालिका–६ रङ्गिलमा ५० वर्षीय सुर्य बहादुर घर्तीको मृत्यु भएको प्रहरीको भनाई छ ।
शनिबार ताराखोला गाउँपालिका–५ धस्मरमा पहिरोले घर पुरिदा ५९ वर्षीय मनबहादुर रोकाको मुत्यु भएको थियो ।