• २०८३ आश्विन १९, सोमबार
  • 2026 October 05, Monday

निसीखोला बोहरागाउँमा पहिरोमा परी दुई मजदुरको मृत्यु

  • २०८३ आश्विन १९, सोमबार

बागलुङ । निसीखोला गाउँपालिका–३ बोहरागाउँमा सडक निर्माणका क्रममा पहिरो खस्दा दुई जना मजदुरको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

पहिरोमा परी सल्यानका २८ वर्षीय लालबहादुर बुढाथोकी र उदयपुर गाईघाटका ३२ वर्षीय राजु थापाको मृत्यु भएको वडा अध्यक्ष रमेश विक्रम शाहीले जानकारी दिनुभयो ।
सोमबार बिहान करिब ७ः३० बजेको समयमा काप्रा–बोहरागाउँ–छापाखानी प्युठान सडकखण्ड निर्माणका क्रममा काम गरिरहेका मजदुरमाथि अचानक पहिरो खस्दा घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष शाहीले जानकारी दिनुभयो ।

घटनामा रोल्पाका कृष्ण घर्तीमगर गम्भीर घाइते भएका छन् । उनको थप उपचारका लागि प्रादेशिक अस्पताल बुर्तिबाङ लगिएको निसीखोला गाउँपालिका–३ का वडा अध्यक्ष शाहीले जानकारी दिनुभयो ।

सडक निर्माणका क्रममा काम गरिरहेका मजदुरमाथि पहिरो खसेपछि घटना भएको हो । घटनाको थप विवरण आउन बाकीँ छ ।

  • २०८३ आश्विन १९, सोमबार