• २०८३ आश्विन १९, सोमबार
  • 2026 October 05, Monday

राजेन्द्र शर्मा बने रास्वपा जैमिनीको सभापति

  • २०८३ आश्विन १९, सोमबार

बागलुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जैमिनी नगरपालिकाको सभापतिमा राजेन्द्र शर्मा सर्वसम्मत चयन हुनु हुनुभएको छ ।

सोमबार–कुश्मिसेरामा सम्पन्न अधिवेशनबाट शर्मा सभापतिमा सर्वसम्मत चयन हुनु हुनुभएको रास्वपा बागलुङका सभापति ढालेन्द्र माझीले जानकारी दिनुभयो । अधिवेशनबाट उपसभापतिमा टंकप्रसाद शर्मा, सचिवमा मातृका शर्मा र सहसचिवमा सृष्टा शर्मा निर्वाचित हुनुभएको सभापति माझीले जानकारी दिनुभयो ।

यस्तै, सदस्यहरूमा होमनाथ पौडेल, चिना मल्ल क्षेत्री, दलबहादुर नेपाली, खगेन्द्र रेग्मी, पवन शर्मा, ओमबहादुर थापा, तुलसी शर्मा र शान्ति विक चयन हुनुभएको छ ।
सभापित चयन हुनुभएका सभापति शर्मा रास्वपाको जैमिनी नगर तदर्थ समितिको संयोजकसमेत हुनुहुन्थ्यो ।

 

  • २०८३ आश्विन १९, सोमबार