काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला १२ हजार २०० र चाँदीको मूल्य प्रतितोला २२५ ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ४५ हजार ४०० र चाँदीको मूल्य ३ हजार ११० कायम छ ।
बिहीबार छापावाल सुन प्रतितोला २ लाख ५७ हजार ६०० र चाँदीको मूल्य ३ हजार ३३५ कायम थियो ।