• २०८३ मंसिर १२, शुक्रबार
  • 2026 November 27, Friday

केन्द्रीय विद्युतको पहुँचमा पर्यटकीय स्थल ढोरपाटन

  • २०८३ मंसिर १२, शुक्रबार

बागलुङ । बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन केन्द्रीय विद्युतको पहुँचमा पुगेको छ । ढोरपाटन उपत्यका बिहीबारदेखि केन्द्रीय विद्युत प्रसारण प्रणालीमा जोडिएको छ ।

बुर्तिबाङदेखि ढोरपाटनको नवी हुँदै छेन्तुङसम्म विस्तार गरिएको ११ केभी विद्युत् प्रसारण लाइन बिहीबारदेखि नियमित सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण शाखा प्रमुख दिलिप मरासिनीलेले जानकारी दिनुभयो ।
नेपाल विद्युत् प्राधिकरणको रु. १८ करोड लागतमा निर्माण गरिएको उक्त प्रसारण लाइन करिब ३५ किलोमिटर लामो छ । लाई विस्तारको कामसम्पन्न भए पनि विभिन्न प्राविधिक समस्याका कारण विद्युत सञ्चालनमा आउन सकेको थिएन । प्रशारण लाईनको आवश्यक मर्मत तथा विभिन्न प्राविधिक समस्या समाधानपछि विद्युत सेवा सञ्चालनमा आएको छ ।

वितरण केन्द्रले सम्बन्धित निकायसँग समन्वय गरी प्राविधिक समस्या समाधान तथा आवश्यक मर्मत गरेपछि विद्युत् आपूर्ति सुरु हो । ढोरपाटनमा विद्युत आएपछि यहाँको जनजीवन सहज हुँने ढोरपाटन नगरपालिका–९ का वडाध्यक्ष खिमबहादुर घर्तीमगरले बताउनुभयो । लघुजलविद्युत र सोलारमा निर्भर ढोरपाटन उपत्यकामा मौसममा खराबी आउदा सञ्चार सम्पर्क समेत विच्छेद हुँदै आएको थियो ।

बुर्तिबाङ सबस्टेसनको ११ केभी बुर्तिबाङ फिडरअन्तर्गत रहेको उक्त प्रसारण लाईन सञ्चालनमा आएसँगै बोबाङ, फल्लेघर, देउराली, नवी हुँदै छेन्तुङसम्मका करिब १३ वटा ट्रान्सफर्मर चार्ज भएका छन् । यससँगै उक्त क्षेत्रका उपभोक्ताले राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् उपभोग गर्न पाउने भएका छन् ।

वितरण केन्द्रका प्रमुख मरासिनीका अनुसार अब उक्त क्षेत्रका उपभोक्ताले विद्युत् जडानका लागि जुनसुकै समयमा पनि बुर्तिबाङस्थित नो लाइट शाखामार्फत आवेदन दिन सक्नेछन् । ढोरपाटनमा विद्युत पुगेपछि अन्धकार रहेको निसेलढोरमा समेत विद्युत पु¥याउने बाटो खुलेको छ ।

विद्युत सञ्चालनमा आएसँगै ढोरपाटन उपत्यकासहित आसपासका क्षेत्रमा लामो समयदेखि देखिँदै आएको न्यून भोल्टेजको समस्या समाधान भएको छ । केन्द्रीय विद्युतको पहुँचमा तीन हजार मिटरको उचाईमा रहेको ढोरपाटन पुगेपछि स्थानीय बासिन्दाको जनजीवन, पर्यटन, उद्योग तथा आर्थिक गतिविधिमा सहज हुँनेछ । ढोरपाटनमा वर्षेनी पर्यटकको संख्यामा वृद्धिभएपछि विद्युतको माग बढ्दै गएको थियो । ढोरपाटनमा गत आर्थिक वर्षमा ३७ हजार पर्यटक पुगेका थिए ।

  • २०८३ मंसिर १२, शुक्रबार