निसीखोलामा पहिरोले गोठमा क्षति, १२ पशु पुरिए
बागलुङ । अविरल वर्षापछि आएको पहिरोले निसीखोलामा १२ वटा पशु पुरिएको छ । जिल्लाको निसीखोला गाउँपालिका–२ उपल्लो बेङ्ग्रीमा एक गोठ पूर्णरूपमा क्षतिग्रस्त भएको छ । पहिरोमा परी गोठभित्र रहेका ८ वटा बाख्रा, २ वटा भैँसी र २ वटा गोरु पुरिएका छन् । निसीखोला गाउँपालिका वडा नं २ का वडा अध्यक्ष कुविर विश्वकर्माका अनुसार बिहीबारदेखी परेको […]