• २०८३ आश्विन १३, मंगलवार
  • 2026 September 29, Tuesday

निसीखोलामा पहिरोले गोठमा क्षति, १२ पशु पुरिए

  • २०८३ आश्विन १०, शनिबार

बागलुङ । अविरल वर्षापछि आएको पहिरोले निसीखोलामा १२ वटा पशु पुरिएको छ ।

जिल्लाको निसीखोला गाउँपालिका–२ उपल्लो बेङ्ग्रीमा एक गोठ पूर्णरूपमा क्षतिग्रस्त भएको छ । पहिरोमा परी गोठभित्र रहेका ८ वटा बाख्रा, २ वटा भैँसी र २ वटा गोरु पुरिएका छन् ।
निसीखोला गाउँपालिका वडा नं २ का वडा अध्यक्ष कुविर विश्वकर्माका अनुसार बिहीबारदेखी परेको अविरल वर्षाका कारण स्थानीय लेखनाथ विकको गोठमाथिबाट पहिरो खसेको हो । पहिरोले गोठ पूर्णरूपमा पुरिएपछि पशुचौपाया समेत पुरिएको उहाँले बताउनुभयो । अहिले पहिरोमा पुरिएका पशुचौपाया निकाल्न स्थानीयवासी र प्रहरीको संयुक्त टोलीले काम गरिरहेको छ । गोठ पूर्णरूपमा क्षति भएकाले पुरिएका सबै पशुचौपायाको अवस्थाबारे तत्काल पूर्ण विवरण प्राप्त हुन नसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी निरीक्षक फणिन्द्र प्रसाईले जानकारी दिनुभयो ।

पहिरोका कारण विकको ढुंगा–माटोले बनेको टिनले छाएको दुईतले घरमा समेत सामान्य क्षति पुगेको छ । घर आसपासको क्षेत्रमा पहिरोको जोखिम रहेकाले उक्त घर जोखिममा परेको प्रहरीले जनाएको छ । सो घरमा ६ जनाको परिवार बस्दै आएको छ ।

  • २०८३ आश्विन १०, शनिबार