बुर्तिबाङ अस्पतालमा पहिलोपटक तीन जटिल शल्यक्रिया सफल
बागलुङ । जिल्लाको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा रहेको बुर्तिबाङ प्रादेशिक अस्पतालमा पहिलोपटक हाडजोर्नी तथा नसा रोगसम्बन्धी तीनवटा जटिल शल्यक्रिया सफलतापूर्वक गरिएको छ । अस्पतालमा उपलब्ध स्वास्थ्य सेवाको दायरा विस्तार गर्ने क्रममा हाडजोर्नी तथा ट्रमा सम्बन्धी शल्यक्रिया सफल भएपछि स्थानीयवासीलाई उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता कम हुने अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन डा अविनास पोखरेलले बताउनु भयो । […]