आदर्श सञ्चार, म्याग्दी
म्याग्दीको सदरमुकाम बेनीबजारमा जिपको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु भएको छ ।
मुस्ताङबाट पोखरा जादै गरेको बा २६३४ नम्बरको डिमेक्स हाईलेक्स जिपले बेनी बजारको गणेशटोलमा पर्वतको जलजला गाउँपालिका ७ का ३ वर्षीय रियास सुनासरलाई शनिबार साँझ ठक्कर दिएको थियो ।
जिपको ठक्करपछि गम्भीर घाईते भएक रियासलाई प्रदेश अस्पताल बेनी पुर्याइएको थियो । उपचारको क्रममा चिकित्सकले राती पौने ९ बजे मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर पौडेलले जानकारी दिनुभयो ।
चालकलाई नियन्त्रणमा लिइएको पौडेलले बताउनु भयो ।
