बागलुङ । नेकपा माओवादी केन्द्रका उप–महासचिव तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले नेपालमा पुँजीवादी समाजवादको सट्टा बिचौलिया पुँजीवाद हावी भएको बताउनुभएको छ ।
नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङको आयोजनामा ‘नेपाली विशेषताको समाजवाद र वैकल्पिक अर्थतन्त्र’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै माओवादी नेता पुनले समाजवादी अर्थतन्त्र हाम्रो लक्ष्य भएपनि पुँजीवाद अर्थतन्त्रबाट बिचौलिया अर्थतन्त्रमा पुगेको बताउनुभयो ।
नेता पुनले खुला प्रतिस्प्रर्धात्मक अर्थव्यवस्थामा एकाधिकार बढेपछि नियामक निकायको जन्म भएको, अर्थतन्त्रमा दलाल, नोकरशाही पुँजिवादी प्रवृति हावी भएको बताउनुभयो ।
पूर्व अर्थमन्त्री समेत रहनुभएका नेता पुनले नयाँ जवनादी क्रान्ती फेरिएको बताउदै शिक्षा, स्वास्थय लगायतमा समान पहुँज पुग्ने समाजवाद उन्मुख अर्थतन्त्रको कल्पना गरेपनि बिचौलियातको हातमा अर्थतन्त्र पुगेको बताउनुभयो । “बिचौलियाले नै पार्टी खोलेर देश चलाउने अडान लिएका छन्, पहिलो बिचौलियाले हामिक, डिजि, मन्त्री चलाउथ्यो अहिले त प्रधानमन्त्री बनाउने पार्टी नै बिचौलियाको हातमा पुग्यो” नेता पुनले भन्नुभयो “उदारवाद अर्थतन्त्र पछि पुँजीवादी अर्थतन्त्र हुँदै बिचौलिया पुँजीवादी आएको छ, हामीले चाहेको पुँजीवादी समाजवाद हो ।”
नेकपा माओवादी केन्द्र अहिले प्रतिस्प्रर्धा बिहिनको राजनीति असंभवन रहेको निश्कर्ष निकालेको नेता पुनले बताउनुभयो । उहाँले वर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले विद्यादेवी भण्डारीको पार्टी सदस्यता खारेज गर्नेकुरा लज्जास्पत रहेको बताउदै विद्यादेवी भण्डारीले नै गत महाधिवेशनमा अन्तिम अध्यक्ष भन्दै ओलीलाई भोट मागेको बताउनुभयो ।
नेता पुनले थोरी पुँजीपतीले यो देशको अर्थतन्त्र मुठीमा राखेको बताउदै उनिहरुलाई राज्यशक्त संग बिचौलियाले जोडेको बताउनुभयो । उहाँले दलाल पूजीपतीहरुका बिचौलियाले स्वार्थ समूह, मिडिया, कर्मचारी र नेतालाई मिलाएर सिमिति स्वार्थ समूहले मात्रै मुनाफा कमाइरखोको बताउनुभयो ।
“२० वर्षदेखि उद्योगमा लागेकाहरु टाट पल्टेको अवस्था छ, तर पाँच वर्षमै अरवपती कसरी भएका छन्, उनिहरुले प्रतिस्प्रर्धा बिनै व्यापार गर्ने छुट राज्य र व्यापारीको बिचौलियाले मिलाएको छ” नेता पुनले भन्नुभयो ।
