• २०८३ आश्विन १३, मंगलवार
  • 2026 September 29, Tuesday

जेसीज सप्ताहको छैटौँ दिन स्वस्थ बच्चा प्रतिस्पर्धा

बागलुङ । युवाहरुको क्षमता र नेतृत्व बिकासमा सक्रिय बागलुङ जेसीजले संचालन गरेको जेसीज सप्ताहको छैटौँ दिन सोमबार स्वस्थ बच्चा प्रतिस्पर्धा सम्पन्न भएको छ ।

बिभिन्न रचनात्मक, सचेतनात्मक तथा खेलकुदका कार्यक्रम सहित २४ गतेसम्म संचालन हुने गरि सुरु गरेको सप्ताहको छैटौँ दिन धौलागिरी प्रादेशिक अस्पतालमा स्वस्थ बच्चा प्रतिस्पर्धा कार्यक्रम गरिएको हो ।

जिल्ला सदरमुकाम स्थित बिभिन्न बिद्यालयका मन्टेश्वरीमा रहेका १ बर्षदेखि ५ बर्ष उमेर सम्ुहका बच्चाहरुकोबिचमा प्रतिस्पर्धा गराइएको हो । ६० जना बालवालिका सहभागी प्रतिस्पर्धाबाट फ्युचर व्राइटर बोडिङ स्कुलमा अध्यनरत सौर्य प्रधान प्रथम हुनु भएको छ ।

त्यसैगरि प्रिसियस मन्टेश्वरी बानपा १ रामरेखामा अध्यनरत अभाष बज्रचार्य द्वितीय, प्रिसियसमै अध्यनरत अभिनव रेग्मी र जियान्स बोहोरा तृतीय हुनु भएको कार्यक्रम संयोजक बिनोद थापा मगरले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै धौलागिरि प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट अमित ढुङ्गानाले बालबालिकाको स्वास्थ्यलाई मध्य नजर गर्दे जेसीजले गरेको कार्य समाजका लागि उदाहरणीय भएको बताउनुभयो । कार्यक्रममा मिलन बरुवालले पनि मंतव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम बागलु्ङ जेसीज बर्ष २०२५ का शाखा अध्यक्ष सुशान्तकृष्ण श्रेष्ठको अध्यक्षता, मुल संयोजक प्रेमप्रसाद ढकालको स्वागत र कार्यक्रम बिनोद थापा मगरको संचालनमा सम्पन्न भएको थियो ।